Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमित १ हजार २१२ पुगे, आज नयाँ १७० जना थपिए

नेपालमा आज १ सय ७० जना थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ हजार २ सय १२ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै रौतहटका रहेका छन् । आज रौतहटका ५६ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कपिलवस्तुका ५१, झापाका २८, बाँकेका १०, पर्साका पाँच, सर्हालीका पाँच, सप्तरीका चार, बाराका चार, दाङका दुई, रुपन्देहीका एक र म्याग्दीका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार दुई सय १२ सङ्क्रमितमध्ये दुई सय ६ जना निको भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्