Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युतीय गाडीमा कर बढाएकोबारे अर्थमन्त्रीले दिए प्रष्टीकरण

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा किन कर बढाउन बाध्य हुनु पर्यो भन्ने आम प्रश्नमा प्रष्टीकरण दिएका छन्।

बजेट बारे प्रष्ट पार्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले विद्युतीय गाडीलाई जसरी प्रोत्साहन गरिएको थियो त्यो अनुरुप नतिजा नआएकाले कर बढाउनु परेको प्रष्टीकरण दिएका हुन्।

उनका अनुसार, पेट्रोलियम खपत कम गर्नका लागि बिद्युतीय सवारी साधन आयात खुकुलो पारिएको थियो। तर महँगा महँगा विद्युतीय गाडीहरु आयात भए। दुई बर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा जान थाल्यो।

‘यही कारण हामीले विद्युतीय गाडीको कर बढाएका हौं’ उनले भने, ‘तर सस्ता मूल्यका गाडिमा कर बढाइएको छैन। क्षमता अनुसार बढाइएको छ।’

सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएको छ भने गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको छ। सरकारले कर बढाएपछि कतिपय विद्युतीय सवारी साधनको मूल्य दोब्बरले बढेको छ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्