Logo
१२ बैशाख २०८१, बुधबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पामा बलात्कारको आरोपमा तीन जना पक्राउ

प्रदेश नं ५ स्थित पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।

यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्