Logo
७ बैशाख २०८१, शुक्रबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा कोरोना संक्रमितलाई लिएर तनाव भएपछि प्रहरीद्वारा१२ राउण्ड हवाई फायर

प्रदेश नं २ स्थित रौतहटको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि तनाव भएको त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।

इशनाथ नगरपालिका-७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो ।

आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए ।

सो क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो । दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्