Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसबाट संक्रमित भई मृत्यु हुनेको संख्या चीनमा भन्दा भारतमा बढी

चीनमा भन्दा धेरै भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६५ हजार ७९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका सात हजार ४६६ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या भारतको लागि अहिलेसम्मकै उच्च हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ५४६ पुगेको छ ।  महाराष्ट्रमा अहिलेसम्म एक हजार ९८२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तमिलनाडुमा अहिलेसम्म १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १४५ जनाको मृत्यु भएको छ । दिल्लीमा १६ हजार २८१ संक्रमित पुग्दा ३१६ जनाको मृत्यु भएको छ ।

गुजरातमा अहिलेसम्म १५ हजार ५६२ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ९६० पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या सात हजार ४५३ पुगेको छ ।

यो राज्यमा ३२१ जनाको मृत्यु भइसकेको छ । भारतको पश्चिम बंगालमा चार हजार ५३६ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २९५ पुगेको छ ।

उत्तर प्रदेशमा पनि संक्रमित संख्या सात हजार १७० पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १९७ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार २९६ संक्रमित पुग्दा १५ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ७१ हजार १०६ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्