Logo
११ बैशाख २०८१, मंगलबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेटको सेवा थप सस्तो हुने, अब मर्मतसम्भार शुल्क नलाग्‍ने, आइएसपानद्वारा स्वागत

अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा ६.५ प्रतिशत मात्रै दूरसञ्चार सेवा शूल्क लाग्ने भएको छ। यसअघि गतवर्षको बजेटमार्फत सरकारले टेलिफोन सेवामा ११ प्रतिशत र इन्टरनेट सेवामा शून्य रहेको दूरसञ्चार सेवा शूल्क १३ प्रतिशत पुर्‍याइएको थियो।

सरकारको यो निर्णयसँगै इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) ले स्वागत गरेको छ। आइएसपानका अध्‍यक्ष भोजराज भट्टले इन्टरनेट मानिसको लागि अति आवश्‍यक भइसकेकाले यसलाई सरकारले निर्णय उत्तम रहेको र यसपटक बुझेको बताए।

बिहीबार अरथमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा फिक्स ब्रोडब्याण्ड इन्टरनेटमा ५० प्रतिशतसम्मको मर्मत सम्भार शूल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने घोषणा गरेसँगै इन्टरनेटमा छुट हुने भएको हो।

भट्टले भने, ‘ सरकारले धेरैपछि हाम्रो आवाज सुनेको छ। हामी पनि अब इन्टरनेटको मर्मतसम्भारमा शुल्क लिने छैनौ। यसको हाम्रो संघको मिटिङबाट चाडैं पारित गर्नेछौ।’

उनका अनुसार अब विद्युत प्राधिकरणले पनि लिँदै आएको पाँच गुणा शुल्‍क घटाउनु पर्ने बताए। उनले भने, ‘ विद्युत प्राधिकरणले मनोमानी रुपमा लिँदै आएको शुल्कमा पनि सरकारले पुनर्विचार गरिदिए राम्रो हुनेथियो। हामी ज्याँदै मारमा परेका छौ।’

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्