Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई दिने सरकारको घोषणा

सार्वजनिक शिक्षा प्रणाली सुदृढ गर्नेतर्फ बजेट वृद्धि गर्नुको साटो सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने सरकारले घोषणा गरेको छ ।

अहिलेको दुई तिहाइ सरकारले आगामी आर्थिक वर्षको बजेट ११ दशमलब ६४ प्रतिशत मात्रै विनियोजन गरेको छ ।

सरकारले शिक्षालाई उच्च प्राथमिकता राख्ने जनाएको थियो । त्यसको विपरीत गत आवको भन्दा केही बढी तर ११ प्रतिशत मात्र विनियोजन गरेको छ ।

आगामी आवका लागि शिक्षाका लागि १ खर्ब ७१ अर्ब ७१ करोड मात्रै विनियोजन गरिएको छ । बजेटमा कोरोनापछिको शिक्षाको विषय उल्लेख गरिएको छैन ।

कोरोना महामारीका कारण थला परेको सरकारी र निजी शिक्षालाई उकास्ने विषयमा तदारुकता देखाउनुपर्ने सरकारले सो विषयमा थोरै सम्बोधन गरेको छ ।

बजेटमा भर्चुअल, अनलाइन, टेलिभिजनबाट पठनपाठन गराउने उल्लेख भए तापनि त्यसमा कति खर्च हुन्छ त्यसको विनियोजना गरिएको छैन ।

सरकारी विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले शैक्षिक पूर्वाधार सामग्रीसहित कम्तीमा एउटा सामुदायिक विद्यालयको जिम्मा लिनुपर्ने उल्लेख गरेको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्