Logo
७ बैशाख २०८१, शुक्रबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीको भत्ता कटौती, रिक्त दरबन्दी रोक्का, सबैको कोरोना बिमा सरकारले गरिदिने

सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ भने रिक्त दरबन्दी रोक्का गर्दै सबैको कोरोना बिमा सरकारले गरिदिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो।

सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको हो। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्।

उनले कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्ता खारेज हुने बताएका छन्।

त्यसैगरी सरकारले अत्यावश्यक सेवा दिने कार्यालयबाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्तिसमेत रोक्का गरेको छ। सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् ।

सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ ।

बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना ९पीसीआर परीक्षण० पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्