Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ६७ पुग्यो, नयाँ १२ जना थपिए

नेपाली दाजुभाइको रोजगारको लागि जाने एक मुख्यसुचिमा पर्न सफल देश मलेसियामा पछिल्लो समयमा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो दुई हप्तामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र योसँगै सङ्क्रमित नेपालीको सङ्ख्या मलेसियामा ६७ पुगेको मलेसियामा रहेको नेपाली दूतावासमा द्वितीय सचिव महेश त्रिपाठीले जानकारी दिएका छन् ।

सङ्क्रमितमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ । उपचारत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिपाठीले बताए ।

‘अहिलेसम्म यहाँ सङ्क्रमित कोही पनि नेपाली आइसियूमा हुनुहुन्न, सबैको अवस्था समान्य छ र निको हुने चरणमा नै हुनुहुन्छ,’ द्वितीय सचिव त्रिपाठीले भने, ‘आत्तिनुपर्ने अवस्था छैन, मलेसियामा निको हुनेको सङ्ख्या पनि धेरै नै छ ।’

मलेसियामा अहिलेसम्म ७ हजर ६१९ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ८३ जना त निको भइसकेका छन् ।

१४ सय २१ जनाको अस्पतालमा उपचार भइरहेको छ । ११५ जनाको ज्यान गएको छ ।

जुन ९ सम्म मलेसियाले लकडाउन गरेको छ । तर निश्चित मापदण्डसहित अहिले मलेसियामा आर्थिक गतिविधिहरु सुरु भइसकेका छन् ।

मलेसियाले कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ ।

 

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्