Logo
४ बैशाख २०८१, मंगलबार
(May 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा भारतबाट आएका २३ मध्ये ९ जना आरडिटि पोजेटिभ, उनिहरु सबैको पिसिआर परिक्षण हुँने

भारतबाट गए राती आएका २३ जना दुहबीका स्थानीय मध्ये ९ जनाको आरडिटि रिपोर्ट पोजेटिभ आएको छ । उनिहरुलाई दुहबी २ स्थित रहेको क्वारेन्टाइनमा छुट्टै राखिएको दुहबी स्वास्थ्य शाखाका उचित नारायण शाहले जानकारी दिएका छन् ।

उनिहरु सबैको पिसिआर बिधीबाट परिक्षण गर्नका लागि स्वाब संकलन गर्न जिल्लाबाट आजनै टोलि आउने तथा पिसिआर परिक्षण पछि पोजेटिभ आए मात्र कोरोना संक्रमितको संख्या पुष्टि हुने उनले बताए । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अहिले दुहबीको क्वारेन्टाइनमा ३८ जना रहेको साहले जानकारी दिएका छन् ।

प्रकाशित मिति: May 27, 2020

प्रतिक्रिया दिनुहोस्