Logo
७ बैशाख २०८१, शुक्रबार
(May 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा एकैदिन थपिए ४५ कोरोना संक्रमित

प्रदेश २ मा आज बुधबार मात्रै  ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । त्यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् ।

प्रकाशित मिति: May 27, 2020

प्रतिक्रिया दिनुहोस्