Logo
६ बैशाख २०८१, बिहीबार
(May 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जटही नाका हुँदै भारतबाट स्वदेश फर्किंदै गरेका एक नेपालीको बाटोमै मृत्यु

प्रदेश नं २ स्थित धनुषाको जटही नाका हुँदै भारतबाट स्वदेश फर्किंदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।

उनको शव अस्पताल लगिएको र कोरोना परीक्षण गरिने प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यस्तै नेपाल फर्किने क्रममा मृतक यादवसँगै आएको समूहले आफूहरू क्वारेन्टाइनमा नबस्ने भन्दै प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए ।

मृत्यु हुनेमा सहिदनगर नगरपालिका ९ का ३० वर्षीय वीरेन्द्र यादव छन् ।

हरीले क्वारेनटाइनमा बस्न गरेको आग्रह अस्वीकार गर्दै उनीहरूले आक्रमणको प्रयास गर्दा केही समय सीमा क्षेत्रमा सामान्य तनाव देखिएको डीआईजी सिंहले बताए ।

उनका अनुसार अहिले सबैलाई क्वारेन्टाइनमा लगिएको छ ।

प्रकाशित मिति: May 27, 2020

प्रतिक्रिया दिनुहोस्