Logo
६ बैशाख २०८१, बिहीबार
(May 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा दोस्रो चरणको राहत धमाधम

सुनसरीको दुहबीमा दोस्रो चरणको राहत धमाधम बाड्न थालिएको छ ।
सुनसरीको दुहबी नगरपालिकाले अति विपन्न दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने मजदुरका घर परिवारहरुलाई दोस्रो चरणको राहत वितरण गरिरहेको छ ।
नगरपालिकाले पहिलो चरणको राहत बितरण कार्य सम्म्पन गरि दोस्रो चरणको राहत बितरणमा विपन्न समुदायहरुलाई लक्षित गरी राहत वितरण गरीरहेको हो ।

दुहबी नगरपालिका भित्र पहिलो चरणमा १२ हजार ८ सय ६० घर परिवारले राहत पाएको थियो भने दोस्रो चरणमा सो भन्दा बढने सम्भावना देखिएको दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले बताए ।

पहिलो चरणको राहत बितरणमा प्रति घरपरिवारलाई २० केजी चामल, २ केजी दाल ,१ केजी सोयाबिन १ केजि
नुन ,१ लिटर खानेतेल बितरण गरिएको थियो भने दोस्रो चरणको राहतमा १५ केजी चामल वितरण भइरहेको जनाइएको छ ।

आज दुहबी वडा नम्बर १० मा राहत वितरण गर्ने क्रममा दुहबी नगर प्रमुख बेद नारायण गच्छदारले दुहबीका अन्य वडा हरुमा समेत राहत वितरण गरिएको जनाए । राहत वितरणमा भेदभाव न होस भनेर मेयर आफू स्वंम सो वडाका वडा अध्यक्ष, वडा सदस्य, तथा सुरक्षा निकायहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: May 26, 2020

प्रतिक्रिया दिनुहोस्