Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमले आजदेखि ल्यायो ब्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर

नेपाल टेलिकमले कडाउनमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो ।

लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अपरिहार्य थियो । ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ ।

यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ ।सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ ।

उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।

प्रकाशित मिति: May 24, 2020

प्रतिक्रिया दिनुहोस्