Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ वटा अनलाइन न्युज पोर्टल ब्लक, ५९ सँग स्पष्टीकरण, ३९ लाई एकैपटक सचेत गराइयो

प्रेस काउन्सिल नेपालले कोरोना संक्रमितको उपचार भइरहेको समयमा मृत्युको समाचार प्रकाशन गर्ने ३९ अनलाइन सञ्चारमाध्यमलाई एकैपटक सचेत गराएको छ ।

काउन्सिल इतिहासमै एकैदिन यतिधेरै सञ्चारमाध्यम कारबाहीमा परेको पहिलो पटक हो । काउन्सिलले जेठ ७ गते ती ३९ अनलाइनलाई पत्राचार गर्दै गल्ती नदोहोर्याउन सचेत गराएको हो ।

साथै दर्ताबिना अवैधानिक रुपमा चलाइएका सोही विषयमा भ्रमपूर्ण समाचार लेख्ने ८ वटा अनलाइन समाचार माध्यमलाई नेपालभित्र खोल्न नमिल्नेगरी ब्लक समेत गरेको छ ।

कोरोना संक्रमण भएर उपचारका क्रममा रुपन्देहीको एक अस्पतालको भेन्टिलेटरमा रहेका गुल्मीका शिक्षकको मृत्यु भएको भन्दै ती सञ्चारमाध्यमले जेठ ७ गते भ्रमपूर्ण समाचार छापेका थिए ।

गलत समाचार छाप्ने सबै अनलाइन माध्यमलाई प्रेस काउन्सिलले सोही सोही दिन पत्राचार गरेको थियो । कोरोना संक्रमित शिक्षकको मृत्यु भने जेठ ८ गते भएको थियो ।

व्यक्ति जिवित छदै मृत्युको समाचार छाप्नेमा नाम चलेका अनलाइनदेखि कपिपेष्ट पत्रकारिता गर्ने अनलाइन समाचार माध्यम समेत थिए ।

कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको ६० दिन अवधिमा आचारसंहिता उल्लंघनका २०६ वटा सामग्री प्रकाशित भएको रेकर्ड काउन्सिलले सार्वजनिक गरेको छ ।

त्यसमध्ये केही अनलाइनले पटक पटक आचारसंहिता उलंघन गरेको समेत देखिएको छ । यस्तै अनलाइनबाहेक केही छापा र टेलिभिजन सञ्चारमाध्यमले पनि आचारसंहिता उलंघन गरेको पाइएको छ ।

प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन सबैलाई स्पष्टीकरणका लागि/जवाफ माग/सचेत र ध्यानाकर्षणका लागि पत्र काटेको छ ।

यस्तै दर्ता नभएका र आचारसंहिता उल्लंघन गर्ने ७० वटा अनलाइन समाचार माध्यमलाई नेपालमा सञ्चालन हुन नसक्ने गरी ब्लक गरेको छ ।

काउन्सिलले ६० दिनको लकडाउन अवधिमा ५९ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोध्दै जवाफ माग गरेको छ । २२ सञ्चार माध्यमलाई सचेत गराएको छ भने ४० सञ्चार माध्यमलाई आचार संहिता पालना गर्न निर्देशन दिएको छ ।

यस्तै १४ वटालाई ध्यानाकर्षण गराएको छ भने एउटा सञ्चारमाध्यमलाई अन्तिम चेतावनी दिएको छ । यस्तै कोरोना सम्बन्धी गलत सामग्री प्रकाशन गर्ने १४ सञ्चारमाध्यम माथि उजुरी परेको पनि काउन्सिलले जनाएको छ ।

यस्तै १० वटा सञ्चारमाध्यमले स्पष्टीकरण पेश नगरेको पनि काउन्सिलले जनाएको छ ।

सञ्चारमाध्ममहरु : 

प्रकाशित मिति: May 24, 2020

प्रतिक्रिया दिनुहोस्