Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको बेला अमेरिकामा सित्तैमा घर घरमा गई कण्डम डेलिभरी गरिँदै

अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएकोसमाचारमा जनाइएको छ ।

कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो ।

‘यो स्वास्थ संकटका बेला हाम्रो समुदायलाई नचाहेको गर्भ रहन, सरुवा यौन रोग र एचआइभीबाट जोगाउनका लागि निरन्तर सहयोग गर्नुलाई हामीले अति महत्वका साथ लिएका छौं,’ मिचिगन स्वास्थ विभाग तथा मानव सेवाकी प्रवक्ता लायन सुत्फिनले एमलाईभ डटकमसँग भनेकी छिन् ।

सुत्फिनका अनुसार मिचिगनवासीहरुले इमेल ठेगाना मार्फत कण्डमको अर्डर गर्नसक्छन् । कण्डमका प्याकेजहरु अलग-अलग राखिएको हुन्छ र यो सुरक्षित हुन्छ । सुफिनका अनुसार प्रत्येक प्याकेजमा १० वटा कण्डम र लुब्रिकेशनको १० प्याकेट हुन्छ ।

इमेलमार्फत अनुरोध गरेपछि सम्बन्धि व्यक्तिको हातमै प्याकेज पु-याइन्छ । स्वास्थ्य विभागले यसअघि विभिन्न स्वास्थ संस्थामार्फत निशुल्क कण्डम उपलब्ध गराउने गरेको थियो ।

तर लकडाउनका कारण घरबाहिर स्थानीयहरु निस्कन नपाएको अवस्थामा यस्तो योजना ल्याइएको हो । मिचिगनमा भर्खरै मात्र घरमै बस्न दिइएको निर्देशनको विरोधमा प्रदर्शन भएको थियो ।

हतियारसहितका प्रदर्शनकारीले गत बिहीबार मिचिगन स्टेट हाउसअगाडि लकडाउन खोल्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।अमेरिकामा आइतबारसम्म ११ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

६७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । मिचिगन राज्यमा ४३ हजारभन्दा बढीमा कोरोना देखिएको छ भने ४ हजार २० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: May 24, 2020

प्रतिक्रिया दिनुहोस्