Logo
१५ चैत्र २०८०, बिहीबार
(May 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिराटनगरका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’

मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै दुइवटा नोजलबाट पुरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ ।

१० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उक्त ब्राइट मिडिया समूहको दाबी छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न बिराटनगरका एक युबा ब्यबसायिले स्वचालित रूपमै सेनिटाइजर छर्किने उपकरण तयार गरेका छन् ।

कार्यालय प्रवेश गर्दा गेटमा अटोमेटिक सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘सेनिटाइजर टनेल’ नाम दिएका छन् ।

जितुराज भगतको नेतृत्वमा १० युवाको टोलीले सेनिटाइजर टनेल तयार पारेका हुन् ।

उक्त टनेल सुनसरी स्थित जिल्ला प्रशासन कार्यालयको गेटमा निशुल्करूपमा जोड्न थालिएको छ ।

जितुराज भगतले स्थापना गरेको संस्था ब्राइट मिडिया हाउस एन्ड एड्भर्टाइजीङ प्रालिले उक्त टनेल अहिले जिल्ला प्रशासन मा नि:शुल्क जडान गरिदिन थालेको छ ।

मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै २ वटा नोजल (प्वाल) बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ ।

४ फिट लम्बाइ, ४ फिट चौडाइ र ८ फिट उचाइको टनेलमा सहजै प्रवेश गर्न सक्छन् । ‘भित्र पस्दा हेल्मेट फुकालेर, हात माथि गर्दै जानुपर्छ । यसो गर्दा शरीरका हरेक भागमा सेनिटाइजर पर्छ र कीटाणु भए मर्छन्,’ जितुराजले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ ।’

उक्त उपकरण २४सै घण्टा आफैं चल्ने र रात परेपछि अटोमेटिक बत्ती पनि बल्ने व्यवस्था गरिएको उनले जनाए । उनका अनुसार कुनै कारणवश स्वत: नचलेमा आफैं स्विच अन गरेर चलाउन मिल्नेछ । उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग गरिएको र यसका लागि ६० हजार रुपैयाँ खर्च लागेको उनले बताए ।

सेनिटाइजर पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै तयार गरेको उनले दाबी गरे । ‘यसमा प्रयोग भएका पदार्थले शरीरमा कुनै असर गर्दैन । छालामा कुनै समस्या पनि आउँदैन,’ उनले भने, ‘सबै परीक्षण गरेर रसायनशास्त्रीको प्रत्यक्ष निगरानीमा तयार गरिएको हो । यो हरेक कार्यालयमा उपयोगी हुनसक्छ ।’

उनका अनुसार एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ । टनेलमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरी सेनिटाइजर राखिएको छ ।

‘सेनिटाइजर सकिएपछि थप्नेबाहेक अरू केही गर्नु पर्दैन । सबै प्रविधि अटोमेटिक चल्छ,’ जितुराजले भने, ‘सेनिटाइजर पनि हामीले नै उत्पादन गरिरहेकाले नियमित चलाउन समस्या छैन ।’ १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उनले दाबी गरे ।

विभिन्न ठाउँबाट माग पनि आउन थालेको  मिडियाका निर्देशक जितुुराज भगतले बताए । यसको गुणस्तरमा कुनै समस्या छैन,’ उनले भने, ‘बजारका विभिन्न ठाउँमा कोरोनाको जोखिमबाट बचाउन भूमिका खेल्न सकिन्छ ।’

N95 मास्क र पीपीई पनि तयार गर्ने काम ब्राइट रेडिमेड गार्मेन्ट्मा तयार भै रहेको उनले बताए । सेनिटाइजर टनेलका सबै मापदण्ड परीक्षण गरेर मात्रै उपयोग गर्न थालेको सुुुनसरी जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी राजेश पौडेडले बताए ।

‘यसबारे हामीले सबै अध्ययन र अनुसन्धान गर्‍यौं । स्वास्थ्यको मापदण्डअनुसार तयार गरिएको छ । हामीले प्रमाणित गरेर मात्र प्रयोग गर्न थालेका हौं,’ उनले भने, ‘युवा ब्यबसायिले निकै उदाहरणीय काम गर्नुभएको छ ।

हामीले हातमा मात्रै सेनिटाइजर लगाएर हुँदैन, पूरै शरीरलाई यसले कीटाणुबाट मुक्त गराउँछ ।’ आइतबारसम्म टनेल जोडिसक्ने गरी तयारी गरिएको । यो देशकै लागि नयाँ र नमुना काम भएको उनको भनाइ छ ।

सन २००९ मा ५ सय रुपैयाँको लगानीमा सुरु भएको ब्राइट मिडिया हाउस एन्ड एडभरटाइजीङ प्रालि निर्माण गरेर जितुराज भगतले अहिलेसम्म विभिन्न कम्पनीको बिज्ञापन गरि सकेका छन् ।

प्रकाशित मिति: May 23, 2020

प्रतिक्रिया दिनुहोस्