Logo
६ बैशाख २०८१, बिहीबार
(May 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीको लकडाउनको समाचार बनाउदा संचारकर्मीमाथि आक्रमणको प्रयास पछि स्थानीय ब्यापारीले मागे माफि

तपाइ लकडाउन भन्ने बित्तिकै के बुझ्नुहुन्छ ? सोच्दै गर्नुहोस्, मुलुक अहिले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणमा दिन प्रतिदिन गुज्रिरहेको छ । पछिल्ला केही दिन यता कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहँदा यसबाट कसरी बच्ने? र कसरी जोखिम कम गर्ने भन्ने तर्क नै अहिले उपयुक्त होला । अर्को तर्फ सङ्क्रमणको यो घडीसम्म आइपुग्दा सङ्क्रमितले ज्यान पनि गुमाउन थालिसकेका छन् र सङ्क्रमितको सङ्ख्या आधा हजार(५ सय) नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक जानकारी अनुसार पछिल्लो समय नेपालमा पनि दिनप्रतिदिन तीव्र रूपमा बढिरहेको यो भाइरस मुलुकका ४० जिल्लामा पुगिसकेको छ । सङ्क्रमण फैलिएको जिल्ला मध्ये एक जिल्ला, सुनसरी पनि हो । सुनसरी पनि यो भाइरसका कारण अछुतो रहेको छैन । जिल्लामा यो सामाग्री तयार पार्दासम्म तीन सङ्क्रमित फेला परेका छन् । दिनानुदिन देखिएका यी सङ्क्रमितले गर्दा सुनसरीवासीलाई त्रास भएको त छ नै अर्कोतर्फ सङ्क्रमण कति फैलिएको छ भनेर यकिन छैन ।

सुनसरीको गढी गाउँपालिका, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा एक एक जना सङ्क्रमित रहेका छन् । भने, मोरङ पथरी घर भएका र वराहक्षेत्र नगरपालिकामा कार्यरत एक सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । यी व्यस्त ठाउँमा देखिएको सङ्क्रमणले के पनि स्पष्ट पार्दछ भने, सङ्क्रमण कति भित्र भित्र फैलिएको छ भनेर, सङ्क्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ को काम भइरहे पनि हुन त अहिलेसम्म जिल्लामा स्थिति सामान्य नै छ ।

यसरी मुलुकमा सङ्क्रमण तीव्र गतिमा फैलिरहँदा सङ्क्रमणबाट बच्न धेरै अपेक्षा आम नागरिकको तर्फबाट लिइएको हुन्छ । युरोपियन मुलुकमा जुन प्रकारले पहिलेको असावधानीले धेरै क्षति बेहोर्नु र्पयो त्यसलाई मध्यनजर गरेर हामीले पनि केही सिक्नुपर्ने अवश्य देखिएको छ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे लेख्नुहुन्छ, ‘अहिलेको यो विषम परिस्थितिमा नागरिकले पालना गर्ने भनेको लकडाउन त्यसैगरी सरकारले गर्ने भनेको जनतालाई कसरी भोकमरीबाट जोगाउने र परीक्षणलाई समुदाय स्तरसम्म सङ्क्रमितको पहिचान गर्ने ।’ ता की अहिले व्यापक परीक्षण गरेर सङ्क्रमणलाई थप फैलाउन नदिनु र त्यसमा जनताले गर्नु पर्ने पालना पनि गर्नुपर्यो ।

अब जनताले पालना गर्नुपर्ने के ? –लकडाउन, लकडाउन के हो ? –लकडाउन भनेको अत्यावश्यक बाहेक कोही पनि घर बाहिर निस्कन नपाउनु हो । डा. पाण्डे यस विषयमा लेख्नुहुन्छ, ‘कोरोना भाइरसको अचुक औषधी हो लकडाउन, न त अहिले यो भाइरसको औषधी, खोपको विकाश नै भएको छ ।’ त्यसैले घर भित्रै बसेर लकडाउनको पालना र्गयो भने, सङ्क्रमणबाट बचिन्छ, र अहिलेलाई यही नै अचुक औषधी मानिएको छ ।

हो यसै लकडाउनलाई कार्यान्वयन गर्न सरकारले पछिल्लो समय थप कडाइ गरेको छ । एक त सङ्क्रमण देखिएका ठाउँ सिल गरिएका छन् भने, अत्यावश्यक क्षेत्रका काम गर्ने मानिसलाई सामाजिक दुरी अनिवार्य भनिएको छ । यो वेला अत्यावश्यक बाहेकका सबै पसल, स्टोर, कारखाना, अफिस, गोदाम तथा हाट बजार बन्द रहनेछन् । अनि यो अवधिमा शुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दमकल, महत्त्वपूर्ण सरकारी कार्यालय, बिजुली, पानी, इन्टरनेट ब्याङ्किङजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ ।

तर, सुनसरीको दुहवीको अवस्था भिन्न छ । न जनताले लकडाउनको कार्यान्वयन गरेका छन् । न त्यहाँ लकडाउनको कार्यान्वयन नै भएको छ । शुरक्षाकर्मीको आँखा छल्दै निर्बाध रूपमा बजारै लागेको देख्न सकिन्छ । हिजोआज त्यहाँका केही नागरिकले लकडाउनको अनुभव गर्न नपाएको बताएका छन् । कपडा पसल, कस्मेटिक पसल, जस्ता अत्यावस्यक भन्दा बाहिरका सामाग्री प्रहरीको आँखा छल्दै बजारमा सबैले निर्बाध सञ्चालन गरिरहेका छन् ।

यहाँका जनता यस्तै हुन कत्ति भन्दा पनि लाग्दैन, भिडभाड थेग्नै सकिन्न, एक शुरक्षाकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यहाँ सटर लगाएरै सबै सामाग्री विक्री वितरण हुन्छ । प्रहरी पुगुन्जेल केही शान्त जस्तो हुन्छ । प्रहरीले सबै एरिया भ्याउनुपर्ने हुन्छ । त्यो भएकाले जब प्रहरी निस्कन्छ । अनि अवस्था उस्तै हुन्छ । हामी शुरक्षाकर्मी आफै असुरक्षित महसुस गर्न थालेका छौँ । यहाँका नागरिकदेखि केही गर्दा पनि सकिन्न, एक जना भए पो भन्नु, सबै उस्तै छन् कसलाई के भन्नु ।’ लकडाउनको कार्यान्वयन रतिभर भएको छैन । मानिसको भिडभाडले सङ्क्रमणको जोखिम थप बढेको छ । अर्कोतर्फ पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का भन्नुहुन्छ । ‘यहाँ त जस्तो पहिले त्यस्तै पो हुँदो रहेछ त!’

लकडाउन उल्लङ्घन गरे कानुनमा के छ ?
संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउन अवधिमा सरकारले प्रतिबन्ध गरेका काम गरे १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । व्यवस्था अनुसार आदेशलाई अपहेलना गर्ने व्यक्तिउपर १ महिनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ । साथै तोकिएको काम गर्ने अधिकारीलाई बाधा र्पुयाउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्थासमेत गरिएको छ । ऐनसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था गरिएको छ ।

संचारकर्मीमाथी आक्रमण प्रयास
हामी हाम्रो कार्यक्रम लकडाउनको पेरीफेरीमा बाहिरको अवस्थाको बारेमा रिपोर्टिङ गर्दै पुग्यौँ । जति इटहरीबाट दक्षिण पछ्याउँदै जान्छौँ, त्यति त्यति लकडाउन नभएको महसुस गर्दै जान्छौँ । यहाँ त खुलेआम पसल सञ्चालन गरेको हाम्रो क्यामेरामा कैद भयो, लगत्तै केही स्थानीयले यस्तो भिडभाड र खुल्ला लकडाउनले हामी नै असुरक्षित भयौँ भनेपछि, केही सचेत गराउन खोज्दा र स्वतन्त्र रूपमा समाचार सङ्कलन गर्दै गर्दा हामी माथि नै स्थानीय दीलिप रौनियारको टिम अर्थात् स्थानीयहरुले नै यस्तो सम्म गरे कि, जुन हेर्दै असह्य, रहेको छ ।
भिडियोमा हेर्नुहोस्:

[youtube https://www.youtube.com/watch?v=f0-em1Vtq9w?feature=oembed]दुहवीका धेरै मजदुरहरूले केही राहत नपाएको पनि गुनासो गरे, सरकारले लकडाउन गरे पनि काम गर्न नपाएर भोक भोकै बस्नु परेको समेत मजदुरहरूले बताए । अर्को तर्फ भारतीय मजदुर त बोर्डर खुले आफ्नै मुलुक जाने पनि बताउँछन् । सो क्रममा दुहवीका व्यवसायीहरू खानका लागि आफ्नो व्यवसाय सञ्चालन गरेको बताउँछन् । तर, सरकारले भनेको छ, जनतालाई भोकै मर्न नदिनु भनेर । कताको तालमेल नभएको हो की, यो भनाई पनि भनाइमै सीमित भइसक्यो र जनता भोकका कारण सडकमा आउने अवस्था हुन लाग्यो । ‘लकडाउन भएको २ महिना बित्दा २ हजाारको  राहतले कति टिक्ला ?’ यस सम्बन्धमा निकायको ध्यान जान जरुरी छ ।

मागे माफी, भयो सहमति
स्थानीय दीलिप रौनियार सहितको टिम अर्थात् स्थानीयहरूले हामीलाई त्यस्तो व्यवहार गरेपछि हामीले नेपाल पत्रकार महासङ्घ सुनसरीलाई खबर र्गयौँ । महासङ्घका अध्यक्ष अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी, स्थानीय सञ्चारकर्मी, उद्योग वाणिज्य सङ्घ दुहबीका प्रतिनिधि, सुरक्षा निकाय, समाजका सरोकारवाला बिचमा छलफल भयो । सो क्रममा रौनियारले आगामी दिनमा यस्तो कार्य नगर्ने भन्दै माफी मागे । साथै लकडाउन उलङ्घनका कारण जोखिम सो स्थानलाई कसरी सुरक्षित बनाउने भन्ने तर्फ सचेत समेत गराइएको छ । सरोकारवाला सबैले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहमति जनाएका छन् । र सञ्चारकर्मीमाथिको उक्त व्यवहार प्रति आगामी दिनमा स्वतन्त्र पत्रकारिता गर्ने वातावरण सिर्जना गर्ने सहमति भएको छ ।

जतिसक्दो आफू कसरी जोखिमबाट बच्ने हो, जनताले परिस्थितिको सामना गर्न जरुर छ । अहिलेको सामनाले हाम्रा पछिल्ला दिनहरू बितेका दिनहरूजस्तै बन्ने सङ्कल्प गरौँ । अहिले भने आफू पनि सुरक्षित बनौँ, अरूलाई पनि सुरक्षित बनाऔँ । लकडाउनको प्रभावकारी कार्यान्वयन गरौँ । सचेत नागरिक बनौँ र त्यसमा परेका समस्यालाई चुनाव जितेका जनप्रतिनिधिले पनि बुझौँ । पछि काम लाग्ने यिनै जनता हुन नि ? जनताको साथमा भइयो भने त सुख दुखमा सँगै होइएला नत्र ‘भोट चाहिँदा नमस्कार, दुःख पर्दा फरार’ भइयो भने कसले पो पत्याउने हो र? आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ ।

प्रकाशित मिति: May 23, 2020

प्रतिक्रिया दिनुहोस्