Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभाका २ सांसदको आरडीटी रिपोर्ट पोजिटिभ

प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा दुई सदस्यको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ।

भोलीदेखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको पाजिटिभ रिपोर्ट आएको हो। प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड रहेका छन्।

प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको हो। ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीका अनुसार ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको छ।

पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ।

प्रदेश ५ को बजेट अधिवेशन भोलि दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति: May 21, 2020

प्रतिक्रिया दिनुहोस्