Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भण्टाबारीबाट पक्राउ परेका कृष यादवलाई प्रहरीले पक्राउपछि प्रमाण बनाएको आरोप

वडा अध्यक्ष बिन्देश्वर प्रसाद यादव

प्रदेश नम्बर १ स्थित सुनसरीको भण्टाबारीबाट पक्राउ परेका कृष भन्ने कृष्णकुमार यादवलाई प्रहरीले सुनुयोजित तरिकाबाट फासाएर पक्राउ गरको दावी गरिएको छ ।

कोशी गाउँपालीका वडा नम्बर ८ का वडा अध्यक्ष बिन्देश्वर प्रसाद यादव पत्रकार सम्मेलन गर्दे उनलाई सुनुयोति तरिकाबाट पक्राउ गरेको दावी गरेका हुन् ।

कृष भन्ने कृष्णकुमार यादव

पक्राउ गर्दा बखतको सिसि टिभि फुटेज देखाउँदै यादवलाई पक्राउपछि मात्र उक्त बरामद भनिएको आपराधिक सामाग्री भिराइएको उनको आरोप छ ।

प्रदेश नम्बर २ सप्तरी जिल्ला हनुमान कंकालनी नगरपालिका वार्ड १४ बस्ने यादवलाई केहि दिन अघि सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले भने उनको साथबाट एक थान पेस्तोल र ३ थान गोली र ठुलो मात्रामा लागुऔषध फेला परेको भन्दै पक्राउ गरेको बताएको छ ।

भारतीय नम्बर प्लेटको गाडीमा सप्तरीबाट सुनसरी आउँदै गरेका उनीसँग दुई थान ठुला हतियार छ भनेर खनतालासी गर्दै एक थान मात्र हरियार फेला परेको प्रहरीले जनाएको छ ।

लामो समय देखि अपराधिक गतिविधिमा संलग्न यादवको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

तत्कालिन ज्वाला सिंहमा हिड्दा ६ जना मान्छे मारेको उनी माथी आरोप छ । नेकपा, उपेन्द्र यादब नेतृत्वको सपा र अहिले विप्लव सम्मलाई सहयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष बिन्देश्वर प्रसाद यादवको प्रेस विज्ञप्ती : 

प्रकाशित मिति: May 21, 2020

प्रतिक्रिया दिनुहोस्