Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको संकटबीच अस्पतालबाट ब्रा-पेन्टीमा नर्स भइन भाइरल

कोरोनाको संकटबीच मध्य रूसको टुला अस्पतालमा बिरामीहरूलाई बिकनी ब्रा मात्र पहिरिकन सेवा दिने एक महिला नर्स भाइरल भएकी छिन् ।

तुल्स्की नोभोस्तीले यो फोटो पहिलो पटक मंगलबार अबेर समाजिक सञ्जालमा हालेपछि प्लास्टिकबाट बनेको सुरक्षा पहिरन भित्र बिकनी ब्रामा देखिएकी ती नर्स भाइरल भएकी हुन् ।

मस्कोको दक्षिण तर्फ १९३ किलोमिटर टाढा रहेको तुला क्षेत्रको यो अस्पताल सबै भन्दा ठूलो सरूवा रोगको अस्पतालबाट यो फोटो लिइएको छ ।

ती नर्सले यो पहिरन धेरै तातो हुने अनुभव गरी सुरक्षा पोशाक भित्र बिकनी र ब्रा लगाउने निर्णय गरेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ ।

कतिपयले चर्चामा आउन यस्तो फोटो पहिरिएको आरोप पनि लगाएका छन् ।

फोटो भाइरल भएपछि स्वास्थ्य मन्त्रालयको क्षेत्रीय अधिकारीले नर्सलाई आचार सहिता पालना उल्लंघन गरेको भनी स्पस्टीकरण सोधेको मन्त्रालयले जनाएको छ ।

तर आम रूसीहरूले सुविधा अनुसार सुरक्षा पोशाक लगाएर काम गरेको भन्दै नर्सको बचाउ गरेका छन् ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्