Logo
४ बैशाख २०८१, मंगलबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी-लिपुकेक मुद्दा नेपाल र भारत बीचको मामिला हो : चीन

उत्तरी छिमेकी देश चीनले कालापानीबारे उठेको विवादमा सधैंझैं कुटनीतिक तवरको जवाफ दिँदै ‘यो मामला नेपाल र भारतबीचको’भएको बताएको छ ।

‘नेपाल-भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ, – ’मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भने ।

नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि उब्जिएको बहस र त्यसअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा’ विरोध गरिरहेको धारणा राखेपछि यो भूभागका बारे बेइजिङमा समेत जिज्ञासा उब्जिएको हो ।

‘अझ परिस्थितिलाई जटिल बनाउने गरी एकपक्षीय काम कसैले पनि गर्नु हुँदैन,’प्रवक्ता लिजियानले भनेका छन् ।

यसअघि, मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गरेको’जानकारी दिएका थिए ।

चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको र यसले सीमासम्बन्धी प्रश्‍नमा तथा त्रिदेशीय बिन्दुमा कुनै असर नगर्ने बताएका थिए ।

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्