Logo
२० जेठ २०७७, मङ्गलबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं २ मा मात्र कोरोना सङ्क्रमित संख्या १३१ पुगे

बर्तमान समयमा नेपालमा कोरोना संक्रमित बढ्नेक्रम रहेको अवस्थामाप्रदेश नं २ मा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।

समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो ।

आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

आज बिहान थपिएका ९ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका ७ जना पुरुष, माधवनारायण नगरपालिका-३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई-५ का ३८ वर्षीय पुरुष छन् ।

यस प्रदेशको ८ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा ५, पर्सामा ९१, धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १/१ जना कोरोना सङ्क्रमित छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार १३:३४

प्रतिक्रिया दिनुहोस्