Logo
४ बैशाख २०८१, मंगलबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन

प्रदेश नं २ स्थित सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड-१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका-४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ ।

काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाण्डौँ अध्ययनरत रहेको प्रजिअ जिसीले बताए ।

सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन् । “लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन ।”

दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौँ गएकी बताइएको छ । दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो ।

यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो

प्रकाशित मिति: May 18, 2020

प्रतिक्रिया दिनुहोस्