Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद अपहरण प्रकरणमा प्रहरीको प्रतिवेदन : काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठले महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने निष्कर्षमा प्रहरी पुगेको छ ।

स्रोतका अनुसार, प्रतिवेदनमा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर काठमाडौं ल्याएको नभई उनी राजीखुसी आएको देखिएकाले अपहरणको आरोप पुष्टि नहुने उल्लेख छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंले पनि सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।

महानगरिय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा उक्त जाहेरीमाथि अनुसन्धान हुँदा अपहरण तथा शरिर बन्धकको कसुर पुष्टि नहुने भएकाले मुद्दा चलाउन नपर्ने राय रहेको स्रोतले बतायो ।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख हरि रेग्मीका अनुसार प्रहरी प्रतिवेदनमा अनुसन्धान गर्नुपर्ने कुनै पाटो छुटेको रहेछ भने सरकारी वकिलले थप निर्देशन दिएर प्रतिवेदन ल्याउन आदेश गर्न सक्नेछ ।

प्रतिवेदनमा चित्त बुझाएमा त्यसैअनुसार निर्णय गर्नसमेत सक्नेछ । मुद्दा चल्ने निर्णय भएमा जाहेरीमा नाम किटिएकाहरु पक्राउ पर्ने अवस्था हुन्थ्यो ।

मुद्दा नचल्ने निर्णय भएमा भने तह तह हुँदै महान्यायाधीवक्ताले जिल्लाको निर्णय सदर गर्नुपर्छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीका सांसदलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा समाजवादी पार्टी फुटाउन अपहरण गरी काठमाडौं ल्याइएको सार्वजनिक गरेका थिए ।

प्रहरीमा उजुरी दर्ता गर्न खोज्दा महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिएको थिएन । सरकारी वकिलको कार्यालयले पनि जाहेरी नलिएपछि समाजवादी र राजपा मिलेर बनेको नयाँ पार्टी जनता समाजवादीका नेताहरुले मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।

त्यसपछि भने सरकारी वकिलले उनीहरुको उजुरी दर्ता गरेर प्रहरीमा पठाएको थियो । आफूहरुलाई अपहरणको आरोप लगाएर मानहानी गरकेको भन्दै बस्नेत, खनाल र श्रेष्ठले पनि उजुरी दर्ता गराएका छन् ।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्