Logo
७ बैशाख २०८१, शुक्रबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड-१९ बाट नेपालमा दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि

कोरोना भाइरस (कोभिड-१९) बाट नेपालमा दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बााकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो ।

आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

भारतबाट बैशाख ३० गते आएका उनलाई बेलैमा उपचारका लागि अस्पताल नलगिएकाले मृत्यु भएको स्थानीयले बताएका थिए । लगातार दुई घन्टा वान्ता गरेका उनको बिहान ४ बजे मृत्यु भएको थियो ।

मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।

 

भारतबाट मंगलबार राति आएका नरैनापुर गाउँपालिकाका बासिन्दा । तस्बिर : ठाकुरसिंह थारु

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्