Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिले नै बचाउँछ देशको अर्थतन्त्र

कोरोना संकटको कारण विश्व अहिले आक्रान्त छ । हजारौंको संख्यामा मानिसहरुको दिन्हु मृत्यु भइरहेको छ । पुरा संसार लकडाउनको स्थितिमा छ । स्कुल, कलेज, उधोग, कल कारखाना सबै ठप्प छन् , मानिसहरुले काम गरिरहेका छैनन् ।

यस्तो स्थितिमा विश्वको अर्थब्यवस्था तल झर्ने निस्चित छ । ईन्टरनेस्नल मनेटरि फन्डका अनुसार विश्वको अर्थतन्त्र १९३० को डिपरेशन पछिको सबैभन्दा ठुलो मन्दीमा जाने आकलन गरिएको छ ।

खस्किदै गइरहेको विश्वअर्थतन्त्रको प्रभाव बाट हाम्रो देश पनि अछुतो नरहने निश्चित छ । यस्तो अवस्थामा हाम्रो देशको अर्थव्यवस्था बचाउन सक्ने एक मात्र अस्त्र हो कृषि ।

कृषी उत्पादन बढाएर मात्र देशले राहतको सास फेर्न सक्छ यदि त्यसो हुन सकेन भने भने कोरोनाको मार भन्दा बढी जनता भोकमरिले नमर्लान् भन्न सकिन्न ।

लकडाउनको अबधी भित्र मात्रै ५०० भन्दा बढी नेपालीले आत्महत्या गरेको विभिन्न अध्यनको रिपोर्ट छ । यी आत्महत्याहरुको पछि भोक पनि एउटा कारण हुन्सक्छ भनेर हामी सजिलै आन्कल्न गर्न सक्छौ ।

अहिले लकडाउनको कारण देशभरमा आ-आफ्नो घरभित्र महिनौंदेखी बन्द रहेका मानिसहरुको लागी सबैभन्दा पहिलो अवस्यक्ता एक चिजको छ । त्यो हो खाना को र त्यो पनि एक पटक हैन, पटक पटक ।

चाहे त्यो गगनचुम्बी महलको एयर कनडिसन्नर कोठामा आरामले बसेर युट्यूबमा खानाका नयाँ नयाँ परिकार बनाउने तरिका खोजीरहेका धनी मानिस हहुन् या कालीमाटि फलफूल बजार पछाडि फालिएका कुहिएको केराको डङगुरबाट खाने लायक केरा निकालीरहेका गरीब मानिस हुन, खाना मानिसको आधारभूत आवश्यकता हो ।

लकडाउनको यो कठिन घडिमा पटक पटक दोहरिने एउटा भनाइ छ कि, कृषि नै नेपाली अर्थव्यवस्थाको मुख्य आधार हो । यो भनाइ न केवल स्पष्ट छ बरु यसको महत्व अरु प्रतिपादित भएको छ।

आज असंख्यौ भोखा-प्यासा मजदुर सैकडौँ-हजारौँ किलोमीटर पैदल हिडेर जसरी आफ्नो गाउँ पुग्दैछन् , यो दशकौंदेखि घनिभुत भैइरहेको संकटको एउटा साकार दृश्य हो । वास्तवमा गाउँ बाट आएको मजदुरलाई सहरले स्वीकार गर्न सकेन , स्पस्टतस् एउटा विभाजन रेखा बनिरह्यो ।

यस्तो स्थितिमा, लकडाउनको कारण जब दिनहु मजदुरि पाउनुको शृंखला टुट्यो तब मजदुरले आफुलाइ अलग-थलग भएको पायो । उन्ले येस्तो कठिन समयमा गाउँ फर्किने निर्णय यस कारणले लियो, कि ऊनीहरू आफ्नो परिवारजनका बीच अंततः भोकै रह्नु पर्दैन, किसानी गरि आफ्नो जिविकोपार्जन गर्न सक्छ । यो तथ्य हाम्रो असंगत आर्थिक सोचको बारेमा दर्साउछ।

हामीलाई थाहा छ कि गाउँबाट धेरैको संख्यामा मानिसहरुलाइ सहर लगियो किनभने सहरलाई मजदुर चहिन्छ । एक तर्फ कृषी उत्पादनको मुल्य कम राखी खाद्य, मल, ब्यु-बिजनको आपूर्तिमा समस्या खडा गरेर र अर्को तर्फ उद्योगलाई सस्तो कच्चा पदार्थ उपलब्ध गराएर जानी बुझिकन कृषि लाई तल्लो स्तरको हैसियत दिइएको छ ।

आज किसानको छोरा किसान बन्न चहदैन। हिजो चामल किनेर खानु ग्रामीण समाजका मानिसहरुका लागि लाजमर्दो कुरा हुन्थ्यो तर आज उनिहरु चामल किनेर खानुमा रमाउन थालेका छ्न् ।

अवस्था यती धेरै भयाबह भैसक्दा पनि देशको अर्थतन्त्र बचाउन लाई कृषी बाहेक अर्को विकल्प हामी संग छैन । कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्केका छन ।

अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार बोर्डको अनुमान छ ।

यसले देशमा भित्रिने रेमिटेन्स त कम हुन्छ नै र थप बेरोजगारको समस्या पनि बढाउने छ तर सरकारले गतिलो योजना ल्याइ उनीहरुलाई कृषि छेत्रमा लगाउन सफल भयो भने खस्किन गइरहेको अर्थतन्त्र लाइ धेरै हद सम्म बचाउन सकिन्छ ।

मानिसहरु घरमा बन्द भएको कारणले रेस्टुरेन्ट, होटेल, ढाबाहरु बन्द छन् जसको कारणले छिटो बर्बाद हुने फलफूल र तरकारीको माग नै छैन । बन्दाकोबी, फुलकोबि, मुला, मटर र अरु धेरै तरकारीले भरिएको खेतलाई किसानले दोहोर्‍याएर हलो जोतेको रिपोर्ट विभिन्न पत्रपत्रीकामा छापिएका छन् ।

किसानले टमाटर खेतमै डम्प गरिदिए, स्ट्रॉबेरी गाइ-भैंसी लाई खुवाउन बाध्य भए भने अरु धेरै कृषि उत्पादनमा आगो लगाइ दिए ।

यता नेपालको तरकारी खेतमै कुहिरह्दा, भारत बाट ३ अर्ब भन्दा बढीको तरकारी आयात भएको विभिन्न रिपोर्ट आइरहेको छ । यस्तो गलत नितिमा सुधार ल्याइ यदि सरकारले आफ्नै किसानहरुको तरकारि खरिद गरि, सरकारद्वारानै बाडिदै गरेको राहत प्याकेजमा तरकारिलाई समेत समाबेश गर्नसक्यो भने किसान लाई पनि फायदा, राहत लेने बिपिन्न वर्ग लाई नि सहुलियत र राज्यको अर्थतन्त्रमा पनि मदत पुग्न सक्छ ।

जुन कृषि क्षेत्रले ६५५ भन्दा बढी जनसन्ख्यलाई रोजगार दिएको छ, देशको कुल ग्राय्स्त उत्पादनमा ३१५ भन्दा बढीको योगदान दिएको छ, त्यसमा आर्थिक बर्ष २०७५/७६ मा केबल ३.०५५ मात्रै बजेट छुट्याइएको छ ।

जबकि संकटको यो घडीमा राज्यको अर्थब्यबस्थाको लागि कृषी एउटा मजबुत खम्बाको रूपमा अगाडी बढिरहेको छ । यस्तोमा कृषीलाई हँसिया माथी राख्ने प्रयास आर्थिक र राजनीतिक दुवै रुपले आत्मघाती हुनसक्छ ।

देशको अर्थब्यबस्था लाइ मज्बुत बनाउने एउटा मात्रै विकल्प कृषी भइरह्दा मनमा केहि प्रश्नहरू उठिरहेका छन् ।

के यो संकटपछि कृषिको बरियता बढछ् रु या पहिले जस्तै कृषि पेसालाइ प्रति उपेक्षित दृष्टीले नै हेरिन्छ रु यो त पक्का छ कि शिक्षा र स्वस्थयमा सरकारको लगानी बढछ तर के कृषि लाइ पनि त्यतीकै महत्व दिइन्छ रु के किसान को आर्थिक अवस्था बद्लिन्छ त रु यी सबालहरु माथी गम्भिर्ता पुर्बक बिचार बिमर्श हुनुपर्दछ किनभने कोभिड १९ पछि नितिहरुको बद्लाबले कृषि क्षेत्रको भविष्य तय गर्छ । पछिल्लो कयौं दशक देखी नितिनिर्माणमा कृषीलाई उपेक्षा गरिदै आएको छ ।

(हाल, काठमाडौं बसोवास रहेका लेखक आभाष गुरु कानुनका विद्यार्थी हुन् । प्रदेश नम्बर २ स्थित गोलवजार-९, सिरहाका स्थायी बासिन्दा हुन् ।)

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्