Logo
७ बैशाख २०८१, शुक्रबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ देखि १० कक्षा सम्मका विद्यार्थीका लागि सरकारले ल्यायो अनलाइन अध्ययन सामग्री

पछिल्लो समयमा कोरोना माहामारीका कारण देशमा लामो समयदेखि लकडाउन लगाइरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन मै अध्ययनका लागि सिकाई सामग्री उपलब्ध गराएको छ ।

डेढ महिना भन्दा लामो लकडाउनका कारण विद्यालय गएर अध्यान गर्न नसकिरहेको बेलामा विद्यार्थीहरूका लागि अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।

विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको सिकाई चौतारीमा तीन तहका कथाका साथै अभ्यास पुस्तिका समेत रहेको छ ।

http://learning.cehrd.gov.np/ लगइन गरिसकेपछि अंग्रजी र नेपाली दुबै माध्यमबाट अध्यायन गर्न सकिने सिकाई चौतारीमा विद्यार्थीहरूले कक्षा छनौट गर्नुपर्ने हुन्छ ।

सिकाई चौतारी विभिन्न कक्षाका विद्यार्थीहरूले कक्षा गत विषयहरू फेला पार्ने छन् । विद्यार्थीहरूले उपलव्ध बिषयहरू मध्योबाट आफूले रोजेको बिषय अध्यायन गर्न सक्ने छन् ।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्