Logo
८ बैशाख २०८१, शनिबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमित

प्रदेश नं ५ स्थित कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन् ।

संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर क्वारेण्टाइनमा बसेका हुन् ।

यस्तै ६ जना दैनिक काममा धेरैसंँग संम्पर्क रहेका व्यक्ति हुन् भने एक ६ वर्षकी बालिका हुन् । पछिल्लो पटक बाणगङ्गा नगरपालिका– ४ की ६ वर्षीयामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । बाणगङ्गामा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको हो ।

बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा संक्रमण भएको अनुमान गरिएको छ । यता बुधबार साँझ नयाँ आठ जनामा संक्रमण पुष्टि भएकामध्ये चार सुरक्षाकर्मी छन् ।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो । तीमध्ये एक प्रहरीका चालक छन् ।

चालक संक्रमित पुष्टिपछि उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार हुने अन्य प्रहरी कर्मचारीमा पनि आशंका बढेको छ ।

भेटिएका आठ संक्रमितमध्ये तीन जना नगरपालिकाको वडा नम्बर २ मा निर्मित महेन्द्र माविको क्वारेन्टाइनमा बसेका थिए ।

तीमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार बिश्वकर्माले जानकारी दिए ।

एक जना नगरपाालिकाका सरसफाइकर्मी हुन् । उनी क्वारेन्टाइनमा बस्दै आएका थिए भने अर्को एक जना पालिकाकै कृषि शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिए ।

उनी यस बीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र पालिकामा आउने जाने गरेकाले संक्रमण धेरैका बीच फैलिन सक्ने शाहले आशङ्का गरे ।

यस्तै दुईमध्ये एक जना केही दिनअघि झापाबाट आएका र एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए ।

कपिलवस्तुको कोरोना संक्रमित स्वास्थ्यकर्मी संक्रमणको नतिजा आउँदासम्म दैनिक कामकाजमा तौलिहवा अस्पतालमा कार्यरत थिइन् ।

उनले आफ्नै घरबाट आवतजावत गर्ने गरेकी थिइन् । उनलाई उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखिएको छ ।

त्यस्तै कपिलवस्तुका छ पत्रकार आफ्नै कार्यालयलाई क्वारेण्टाइन बनाएर घरपरिवारबाट अलग भएका छन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तु कोरोना संक्रमणको उच्च जोखिममा धकेलिएकाले आरडिटी र पिसिआर परीक्षण तीव्र पार्न सरकारसंँग माग गरेका छन् ।

कोरोना सङ्क्रमितको उपचार शुरु

परासी- कोरोना सङ्क्रमण पुष्टि भएका नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० का ३६ वर्षीय युवकको पृथ्वीचन्द्र अस्पताल परासीको आइसोलेशनमा राखी उपचार सेवा शुरु गरिएको छ ।

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम),प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ती युवकलाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि राति नै अस्पताल ल्याइएको हो ।

ती युवकको पृथ्वीचन्द्र अस्पतालमै उपचार गरिने अस्पतालका निमित्त प्रमुख डा.मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो । “जिल्लामा कोरोना सङ्क्रमित बिरामी पहिलो पटक भेटिएकाले हामीले अस्पतालको बहिरङ्ग सेवा (ओडिडी) आजदेखि नै बन्द गरी कोभिडका बिरामीको उपचार शुरु गरेका छौँ, बिरामीको हामी यहीँ उपचार गर्छौँ, हामीसँग उपचारका लागि आवश्यक किट पनि उपलब्ध छन्”,उनले भने ।

कोभिडको उपचार सेवा शुरु भएपछि अस्पतालले आजदेखि आकस्मिक र प्रसूतिबाहेक सेवा बन्द गरेको छ । गत वैशाख २९ गते नै स्वास्थ्य कार्यालयले ती युवकसहित ३० जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो ।

अन्य २९ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए  । युवकको यात्रा विवरण र उनीसँग सम्पर्कमा आएकाहरुको विवरणको अनुसन्धान शुरु गरिने प्रमुख ढकालले बताए ।

“तीन दिनभित्र हामीे ती युवकको कन्ट्रयाक टेसिङ्ग गर्छौँ”, उनले भने ।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्