Logo
७ बैशाख २०८१, शुक्रबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट

शेयर बजारमा नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर कारोबार बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार आज पनि बन्द हुने समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि २ दशमलव शुन्य एक प्रतिशतले घटेको छ ।यस्तै ७४ वटा कम्पनीको २ सय ११ करोबारबाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको १० हजार ५ सय २६ कित्ता शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका ११ वटै समूहका सूचकहरु घटेका छन् । यस्तै कारोबार भएका सबै कम्पनीको शेयर मूल्य पनि घटेको छ ।

सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको ८ लाख ६२ हजार ९ सय ५० रुपैयाँको भएको छ । यस्तै लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्