Logo
८ बैशाख २०८१, शनिबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदी र केपी शर्मा ओलीको काठमाण्डौमा पुत्ला दहन

प्रदर्शनमा उत्रिएका एक युवा-विद्यार्थीले देशको संघीय राजधानी काठमाण्डौमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा-विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरेका हुन् । प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

लिपुलेक-कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा-विद्यार्थी आन्दोलनमा छन् ।

उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा सोमबार मध्यान्न उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन् । आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्