Logo
१३ बैशाख २०८१, बिहीबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिपुलेप बहस : मात्र मिराज राष्ट्रवादको प्रयोग, अर्थाेक गर्ने क्षमता न भएको जनाउ

लिपुलेक बहसमा सन्तोष मेहताको ५ तर्क :

१. लिपुलेक नेपाल-भारत-चिनको त्रीपक्षीय मुद्दा हो । चीन र भारत दुबै सम्झौता गरि त्यो रोडको निर्माण भएको हो।

दुबै देश सम्झौता गर्दा नेपाललाई किन सोधिएन वा नेपाल खुद सरोकार राखेन? भारत जत्तिकै जिम्मेवार चीन पनि हो। राष्ट्रवादीको तक्मा थप हुने भएर भारत विरुद्ध बोल्या हो र चीनलाइ छाड्या हो?

२.व्यापारिक दृष्टिले चीनलाई भारतको दिल्लीजस्ता सहरसम्मको पहुँचको आवश्यकता परेको र भारतलाई पनि ल्हासासम्म पुग्ने किफायती सडक मार्गको जरुरत परेको हो।

ब्यापारीक दृष्टिले मानसरोवर पुग्ने सडकको निर्माणले भारत भन्दा नि चिनलाइ फाइदा हो।तर केहिले भारतको बिरोध मात्र किन गर्‍या होला?
३.नेपालले सन् १९८० (संवत् २०३२ साल) देखि बनाएको नक्साअनुसार लिपुलेक त्रि-देशीय विन्दुमा परेको देखिन्छ।

तीनै देशको संलग्नतामा विन्दु स्थापना गरी लिपुलेक, लिम्पियाधुरा कालापानी क्षेत्रको विवाद समाधान गरिनुको विकल्प छैन।

४.यो परिस्थितिमा नेपालले भारतका निम्ति बिग्यप्ती निकाल्ने तर चीनलाई कूटनीतिक नोट पठाउनु पर्दैन? भारतले त कम से कम सम्बाद मार्फत समस्या समाधान गर्ने भनि सकेको छ।

नेपाल र चीनबीच १४०८ किमी लामो सिमाना छ। सिक्किम सीमादेखि लिपुलेकसम्म ११ ठाउँ गरेर चीनले नेपालको ६४ हेक्टर भूभाग मिचेको छ। दोलखाको लामाबगर पूर्व देखि कोर्लाङपारिको सिमास्तम्भ सम्म चीनले अतिक्रमण गरेको छ।

यसबारे नेपाल सरकार बोल्नु पर्दैन ? अब चीन समेत संग जवाफ मागी कोरोना संकटपछि समाधान खोज्ने कि आफ्नो राजनैतिक खपतको निम्ति सरकार र नेकपाले सधै राजनीति गर्ने?

५.राष्ट्रिय मुद्दामा सर्वपक्षीय सहकार्य चाहिन्छ । सरकारि पार्टीले निम्छरो बिग्यप्तिको निकाल्या छ तर यो मुद्दाको समाधान चाहदैनन्।

किनभने कालापानी लिपुलेक त उसको चुनाव जित्ने हथियार हो। यहाँ वक्तव्य वेच्ने, राष्ट्रवादकाे हिस्टेरिया सडकमा पोख्ने र कुर्सी बचाउन, भाेट बटुल्न कम्युनिस्ट र कम्युनिस्ट सरकारले भारत बिरोधि राष्ट्रवाद(मिराज राष्ट्रवाद) को प्रयोग गर्छन।अर्थाेक गर्ने त क्षमता भए पाे ?

(हाल जसपा बनेको राजपाका प्रवक्ता मेहताको यो निजि बिचार हो)

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्