Logo
१५ चैत्र २०८०, बिहीबार
(May 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ मिडियाले गल्ती सच्यायो तर मागेन माफी

उत्तरी छिमेकी देश चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको भनी गरेको दाबी सच्याएको छ ।

CGTN ले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा केही तस्विर राख्दै सिजिटिएनले लेखेको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), चीनको तिब्बत स्वायत्त प्रदेशमा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’

तर सामाजिक सञ्जालमा त्यसको विरोध भएपछि सिजिटिएनले आफ्नो ट्वीटरमा सो गल्ती सच्याएको हो ।

सच्याइएको ट्वीटमा लेखिएको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), नेपाल–चीन सीमानामा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’

तर, नेपाली भूभागमा रहेको विश्वकै सर्वोच्च शिखरबारे गरिएको गम्भीर भुलको लागि माफी भने मागेको छैन ।

चीनले पछिल्लो समय आफ्नो सीमाक्षेत्र अर्थात् सगरमाथाको तिब्बती भूभागमा फाइभ जी इन्टरनेटको बेस स्टेशन निर्माण गरेको छ । चाइना मोबाइल र हुवावे कम्पनीले यो स्टेशन निर्माण गरेका हुन् ।

६ हजार ५ सय मिटरको उचाईमा निर्माण गरिएको यस स्टेशनलाई चीनले विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेशनका रुपमा प्रचार गरिरहेको छ ।

सगरमाथाको उत्तरी मोहडा चीनमा पर्छ । नेपालको हाल प्रदेश १ स्थित सोलुखुम्बुमा पर्ने सगरमाथा विश्वभर प्रशिद्ध रहेको छ ।

प्रकाशित मिति: May 10, 2020

प्रतिक्रिया दिनुहोस्