Logo
७ बैशाख २०८१, शुक्रबार
(May 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघोषित रूपमा काठमाडौं उपत्यकामा लकडाउन खुल्यो!

४९ दिनपछि आइतबारदेखि अघोषित रूपमा काठमाडौं उपत्यकामा लकडाउन खुलेको देखिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । जुन अझैसम्म जारी रहेको छ । औपचारिक रुपमा लकडाउन हटाएको निर्णय भएको छैन ।

तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ ।

आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो ।
सरकारले भने लकडाउनको अवधि लम्बाउँदै जेठ ५ गतेसम्म पुर्‍याएको छ ।

आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन समय निर्धारण गरिएको छ । तर सडकमा लागेको जाम हेर्दा अनौपचारिक रूपमा लकडाउन खुलेको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति: May 10, 2020

प्रतिक्रिया दिनुहोस्