Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री सम्भावना सेठ अस्पताल भर्ना

भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री सम्भावना सेठ अस्पताल भर्ना भएकी छिन् ।

बिगबोस– २ मा पनि देखिएकी सम्भावना भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् ।उनलाई स्वास्थ्यमा समस्या आएपछि राति नै अस्पताल लगिएको थियो ।

उनलाई अस्पताल भर्ना गरिएको बारे अभिनेत्री सम्भावनाका पति अविनाश द्विवेदीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएका हुन् ।

तर, अविनाशले सम्भावनालाई के भएको हो, कुन अस्पतालमा भर्ना गरिएको हो तथा हाल उनको अवस्था कस्तो भन्नबारे केही खुलाएका छैनन्।

टीभी र भोजपुरी फिल्म उद्योगका हस्तीहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्