Logo
८ बैशाख २०८१, शनिबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा प्रधानमन्त्रीद्वारा दिप प्रज्वलन, तर अह्वान बमोजिम देशभर देखिएनन उल्लास!

संघीय सरकारले अह्वान गरे बमोजिम बिहीबार देशभर आंशिक रुप दिप प्रज्वलोन गरिएको छ ।

सरकारले बिहिवार देशभर घर/घरमा दिप प्रज्वलन गर्न अह्वान गरिए पनि सरकारको उक्त अह्वानलाई देशभर भब्यतापुर्वक मनाईएको देखिएन ।

खासगरी तराई क्षेत्रमा भने सरकारको उक्त अह्वानलाई बेवास्ता गरिएको हो । सरकारी कार्यालय तथा सरकारी पद धारण गरेकाहरुले बिहीबार दिप प्रज्वलोन गरिएपनी आम जनताबाट भने बेवास्ता गरिएको हो ।

यता बुद्ध जयन्तीको साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित बुद्ध प्रतिमामा दीप प्रज्वलन गरिएको छ ।

प्रधानमन्त्री केपि शार्मा ओली उनकी धर्मपत्नी प्रथम महिला राधिका शाक्य लगायतले दिप प्रज्वलोन गरेका हुन् ।

सरकारले बिहीबार साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ।

बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियोे ।

२५ गते बुद्ध जयन्ती पनि परेकाे र बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन दीप प्रज्वलन गर्न सरकारले अह्वान गरेका थिए ।

काेराेनाविरुद्ध अग्रपंक्तिमा रहने सुरक्षााकर्मी र स्वास्थ्यकर्मीकाे मनाेवल बढाउन तथा सबैमा एकताकाे सन्देश दिन भन्दै दीप प्रज्वलनका लागि आव्हान गरेका थिए ।

२५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार कोरोना महामारी विरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको शीघ्र स्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।

स्वास्थ्य सेवा विभागमा पनि दिप प्रज्वलन
त्यस्तै कोरोना संक्रमणको उपचारका लागि फ्रन्ट लाईनमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउँन विहिबार साँझ स्वास्थ्य सेवा विभागमा पनि दिप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलन कार्यक्रममा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले, फिल्डमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मिको हौसलाका बुद्ध जयन्तिको अवसरमा दिप प्रज्वलन गरीएको बताए ।

बुद्ध जयन्तिको अवसरमा विश्व भरि कोरोना विरुद्धको लडाईमा फिल्डमा खटिने राष्ट्रसेवकहरुलाई हौसला प्रदान गर्नुका साथै संक्रमितको स्वास्थ्य लाभको कामना र मृतकको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरीएको श्रेष्ठले बताए।

दीप प्रज्ज्वलन कार्यक्रममा व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, उपचारात्मक सेवा महाशाखाका प्रमुख डा.तारानाथ पोख्रेल, विभागका निरीक्षक मदनकुमार वली लगायतको उपस्थिती रहेको श्रेष्ठले बताए।

देशव्यापी रुपमै दीप प्रज्वलनका लागि सरकारले नेपाल टेलिकमको मोबाईल र टेलिफोनको रिङटोन मार्फत आवहान गरेको थियो ।

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्