Logo
७ बैशाख २०८१, शुक्रबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो देखियो, जारी लकडाउनबीच २५६४ औँ बुद्ध जयन्तीको चहलपहल [फोटोफिचर]

जारी लकडाउनबीच २५६४ औँ बुद्ध जयन्ती मनाइएको छ । बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीको मायादेवी मन्दिरमा बुद्ध पूजामा भिक्षुहरु सहभागी भएका थिए । कोरोना भाइरसको सङक्रमणलाई मध्यनजर गरी सामाजिक दूरी कायम गरेर बसेका थिए ।

पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बिहीबार बुद्ध जयन्तीका अवसरमा शङखध्वनिका साथ बुद्ध पूजा गरिँदै । तस्वीरः राधिका कँडेल
२५६४औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीको मायादेवी मन्दिरमा बुद्ध पूजामा सहभागी भिक्षु । कोरोना भाइरसको सङक्रमणलाई मध्यनजर गरी सामाजिक दूरी कायम गरेर बसेका हुन । तस्वीरः नरेश केसी

२५६४ औँ बुद्ध जयन्तीका दिन बन्द रहेको मायादेवी मन्दिरको मूल द्वार । कोरोना भाइरसको सङक्रमण नफैलियोस भनी सरकारले लागू गरेको लकडाउनका कारण
मूल द्वार बन्द गरेको हो ।
२५६४औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीमा आयोजित बुद्ध पूजामा लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राई । तस्वीरः नरेश केसी
पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बिहीबार बुद्ध जयन्तीका अवसरमा सहभागी बौद्ध भिक्षुहरु । तस्वीरः राधिका कँडेल
पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बुद्ध भिक्षुद्वारा पूजापाठ ध्यान गरिँदै तस्वीरः राधिका कँडेल
२५६४ औँ बुद्ध जयन्तीका अवसरमा पोखरा–११ रानीपौवामा नेपाल मानव धर्म सेवा समिति ७नतसीहंस सनातन मन्दिरमा बिहीबार शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै सर्वसाधारण । तस्वीरः जमुनावर्षा शर्मा
२५६४ औँ बुद्ध जयन्तीका दिन बिहीबार सुनसान मायादेवी मन्दिर । कोरोना भाइरसको सङक्रमण नफैलियोस भनी सरकारले लागू गरेको लकडाउनका कारण
मन्दिरको मूल द्वार बन्द गरिएको छ । तस्वीरः नरेश केसी

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्