Logo
१३ बैशाख २०८१, बिहीबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, भीआईपी नेताहरुहरुको कोरोना परीक्षण [फोटोफिचर]

संघीय संसद भवनमा नयाँ बानेश्वरमा कोभिड १९ को सङक्रमण भए, नभएको परीक्षण कार्यक्रममा बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल लगायत सांसद । तस्वीरः रोशन सापकोटा/रासस

प्रतिनिधिसभाको बैठक सुरु हुनु अघि कोरोना संक्रमित बढेसँगै सङ्घीय सांसदहरुको पनि कोरोना भाइरस परीक्षण गर्न थालिएको छ ।

कोरोना संक्रमित नेपालमा बढेसँगै सरकारले सबै क्षेत्रमा सजकता अपनाउन थालेको छ त्यसैले भोलिदेखि सङ्घीय संसद् बैठक सुरु हुने भएकाले आजदेखि सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको संसद् सचिवालयले जनाएको छ ।

सांसदहरुमा कोरोना भाइरस सङ्क्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसका लागि आज बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब सङ्कलन सुरु गरिएको छ ।

परीक्षणका लागि आज सांसदहरुको घाँटीको र्यालको नमुना सङ्कलन गरिएको र सबै जनाको परीक्षणको रिपोर्ट भरे बेलुकीसम्ममा आउने सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै ।
राष्ट्रियसभाका सांसद कोमल वली बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै ।
प्रतिनिधिसभाका सांसद महन्त ठाकुर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै ।
गृहमन्त्री रामबहादुर थापा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै ।

संघीय संसद भवनमा नयाँ बानेश्वरमा कोभिड १९ को सङक्रमण भए, नभएको परीक्षण कार्यक्रममा बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल लगायत सांसद । तस्वीरः रोशन सापकोटा/रासस
राष्ट्रियसभाका सांसद नाराणयकाजी श्रेष्ठले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९) कोे स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्