Logo
८ बैशाख २०८१, शनिबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुवै पार्टीबाट ४/४ जना शिर्ष नेताको जसपामा मूल समिती, झा र यादव आउट, बिधान लेखिँदै

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल बनेर बनेको जनता समाजवादी पार्टी ‘जसपा’ मा दुवै पार्टीबाट ४/४ जना शिर्ष नेताहरुको मूल समिति बन्ने भएको छ ।

उक्त मूल समितिको नाम के दिने हो, त्यसबारे भने छलफल जारी रहेको छ । कुनैपनी अन्तिम निर्णय सोही मूल समितिबाट हुनेछ ।

मूल समितिमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, महेन्द्रराय यादव, सरतसिंह भण्डारी र राजेन्द्र श्रेष्ठ रहनेछन् ।

यसमा हाल राजपा अध्यक्ष मण्डलका नेताहरू अनिलकुमार झा र राजकिशोर यादवलाई भने राखिने छैन ।

त्यसैगरी ४ सदस्यीय बिधान समिति बनाईएको छ । उक्त समितिले नयाँ बिधानको ड्राप्ट गर्नेछन् ।उक्त समितिमा नेताहरू लक्ष्मणलाल कर्ण, नवराज सुवेदी, राजेन्द्र श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

समाचार श्रोताले भन्यो ‘कुनै आकाश्वाणीबाट झा र यादवका लागि ठाकुर र यादवलाई फोन पनि आयो तर उक्त दवाबलाई बेवास्ता गरेर भएपनी ८ जना बाहेकलाई उक्त मूल समितिमा नसमेटिने योजना रहेको छ ।

कुनै नेताले झा र यादवको पनि प्रस्ताव राख्दा त्यसो भए तपाईंहरु कोहि २ जना हटेर उहाँहरुलाई नै राखौं भन्नेसम्म तर्कबितर्क हुने गरिएको स्रोतको दावी छ ।

समाचार स्रोतका अनुसार मूल समितिपछि दुवै पार्टीका अन्य प्रमुख नेताहरू सहितको राजनीतिक समिती बनाईने छ । जुन समितिमा हालका सह-अध्यक्ष, केही उपाध्यक्षहरु तथा केही महासचिवहरु रहनेछन् ।

त्यस्तै दुवै पार्टीको केन्द्रिय कार्यसमितिलाई मर्ज गरेर नयाँ केन्द्रिय समिति बनाईने छ, जसमा कसैको कुनै पद भने रहने छैन ।

महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रिय कार्यसमिति हुनेछ भने अन्य नेताहरूको नाम मर्यादाक्रम अनुसार रहने छ ।

राजपा संयोजक सरत्तसिंह भण्डारीले दुई पार्टीबीच आन्तरिक बैठकहरु जारी रहेको तर कुनै निर्णय भने भईनसेको बताए ।

नागरिक टाईम्ससँ उनले भने ‘अहिले पनि हामी छलफलमै छौं तर कुनै आधिकारिक निर्णय भने भईसकेको छैन ।’

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्