Logo
१३ बैशाख २०८१, बिहीबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विचार : अहिलेको समाजमा स्मार्ट गर्ल !

अहिलेको समाजमा यो शिर्षक “स्मार्ट गर्ल” निकैनै विवादित र बद्नाम गरिएको शब्द हो । जब महिलाहरु सडकमा राती एक्लै हिड्न थाल्छिन, जब उनि कुनै गलत कार्यमा संलगन हुन्छिन तब उनीहरुलाइ कालगर्ल, आइटम गर्ल र अचेल नयाँमा स्मार्ट गर्लको उपमा दिइन्छ ।

यो उपमा भने कुनै अशिक्षित वर्गले दिदैन बल्कि राम्रो शिक्षादिक्षा प्राप्त गरेका बेगतीहरुले दिने गर्दछ । तर वास्तविकता चाहिँ निकैनै पृथक रहेको छ ।

‘स्मार्ट’ शब्द आफैमा स्मार्ट छ । यसमा कुनै किसिमको रंग भर्नुको को औचित्यनै छैन । यदि कुनै महिलालाइ स्मार्ट गर्लको संज्ञा दिइन्छ भने अवस्य पनि उनमा केहि विशेषता हुनुपर्दछ र विशेषताले नै उनलाई स्मार्ट बनाउछ ।

स्मार्ट गर्ल तिनीहरु हुन् जसले आवश्यकता अनुशार मोर्चा सम्हाल्न जानेका हुन्छिन्, स्मार्ट गर्ल ति आमाहरु हुन् जसले आफ्नो सन्तानको निम्ति दिन-रात पसिना बगाई रहेकि हुन्छिन् ।

स्मार्ट गर्ल तिनैहुन् जो आमाबुबाका साथमा रहेर उनको सुख, समृधी र उनको नाम आकाशमा छुवाउने प्रयत्न गरिरहेकी हुन्छिन् । स्मार्ट गर्ल सदैव आफु नारि भएकोमा गर्व गर्छिन उनि कुनै बेला पनि आफुलाई कम्जोर ठान्दैनन् ।

उनि जहिले पनि आफ्नो नाम माथिको आकर्षण कसरी अझै अगाडी बढाउने सोचमा हुन्छिन् । उनि आफ्नो आमाबुवाको लागि असल छोरी , दाजुभाइको लागि प्यारी बहिनि, आफ्नो प्रेमीको लागि संसारको सबैभन्दा राम्री प्रेमिका, श्रीमानको लागि सधै सुख-दुखमा साथ दिने श्रीमती र आफ्नो बालबच्चाको लागि माहान आमा हुन्छिन् ।

आज एकाइसौ शताब्दीमा समेत महिलाहरु लाइ कदर गरिदैन, दोस्रो दर्जाको नागरिको सरह व्यह्बार गरिन्छ । पुरुष शब्दनै बलिया, निडर र महिला शब्दनै कम्जोर, निरिह र बेचारा भनेर गलत बुझाई आजको समाजमा समेत जड गाडेर बसेको देखिन्छ ।

यहाँ मनमा एउटा प्रश्न उब्जिन्छ के महिला साचिनै कम्जोर हुन्छिन त कि पैत्रिसतात्मक समाजमा मौका नपाएर तेस्तो देखिएको हो ? यो सृष्टिले त महिला पुरुषमा कुनै किसिमको विभेद गरेको देखिदैन ,महिला पुरुष दुवैमा उस्तै सेतो हाड र रातो रगत दिएको छ ।

पुरुषले आफ्नो पुरुषार्थको स्वतन्त्रता जन्म देखिनै लिएर आएका हुन्छ भने मान्यता छ तर जब महिला स्वन्त्रताको कुरा आउछ अनि सबैले आफ्नो निधार खुम्च्याउछन् ।

विशेषगरि महिलाको सिखर चुम्बन उनीहरुलाई नै मन पर्दैन जसले आफुलाई प्रगतिशील ठान्छन र महिला ससक्तिकरणमा लागेकोछु भनेर भन्छन्।

उनीहरु महिलाको विद्वता र स्वतन्त्रा स्वीकार गर्न अझै तयार भइसकेको देखिदैन । तर स्मार्ट गर्ल आफ्नो कर्ममा विश्वाश गर्छिन । उनि सधै हाँसेर, आफ्नो दुख भुलेर, उत्साहित हुदैँ आफ्नो एउटा गतिशील सपना बोकी गन्तब्य तिर लम्की रहेकी हुन्छिन् ।

उनको लागी जिवनको गति कायम राख्न आफु व्यस्त र नकारात्मक सोच भएका मानिसहरु संग टाढा बस्नुपर्छ । कसैको कमीकमजोरीलाइ केलाउनु भन्दा उसका सकारात्मक पक्षका बारेमा प्रशंसा गरि उसलाई उत्साहित गर्नुपर्छ ।

एसै पनि स्मार्ट गर्लहरुले अरूबाट खासै अपेक्षा राखेकी हुदैनन् ,उसले अपेक्षा राख्छ त केवल आफ्नो आमाबुबा, दाजुभाइ र दिदि बहिनिबाट । उनि कहिले पनि आफ्नो कर्तब्य पुरा गर्नबाट पछी हट्दैनन् जस्तो सुकै समस्यालाइ सामना गर्छिन् ।

उनि जहिले समाजमा एक असल र सफल ब्ग्तित्व भएर स्थापित हुन् चाहन्छिन । आज भोलि महिलाहरुको पहिरन पनि विवादित भएको देखिन्छ ।

उनीहरुको पहिरनले नै बलात्कार जस्तो जघन्य आपराध लाइ बढाबादीइदै छ भने आवाजहरु पनि सुनिन्छ तर २ बर्ष ,४ बर्षको अबोध बालिकाको पहिरन कस्तो हुन्छ ?

ति नाबालकहरु समेत कसरि बलत्कृत हुन्छिन ? समस्या पहिरनको होइन समस्या मानसिको मनोस्थितिको हो,संकीर्ण सोचको हो । एउटा महिलाले तेही लगाउछिन जुनमा उनि आफुलाई कमफर्ट महसुस गरछिन र आफुलाई स्मार्ट देख्छिन् ।

के लगाउने, कहाँ जाने, कसरि हिड्ने यो सब उनको नितान्त बग्तिगत स्वतन्त्रता हो । श्रीमतीको मृत्युहुदा श्रीमानले छोराछोरीको हेरचाहको निम्ति अर्को विबाह गर्छिन् ।

तर श्रीमानको मृत्युहुँदा श्रीमतीले आफै मेहिनत गरेर आफ्नो सन्तानको लालनपालन गर्छिन् त्यो पनि समाजका नानाथरिक कुराहरु सुनेर । हो स्मार्ट गर्ल भनेको यस्तै सहाशी आमाहरु हुन् । तसर्थ सबै स्मार्ट गर्लहरुलाइ सलाम ।

(प्रदेश-२ स्थित महेन्द्रनगर- धनुषाकी लेखिका महतो, कामद कलेज काठमाडौँमा ‘विकास शास्त्र’ अध्यनरत छिन् )

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्