Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूला तथा पाँचतारे होटलहरु बन्द गर्न प्रस्ताव : कर्मचारीलाई केहि प्रतिशत मात्र तलब दिन सकिने

विश्वब्यापी कोरोना महामारी तथा त्यसको रोकथामका लागि भएको लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव गर्ने भएका छन्।

अबको एक वर्षसम्म पनि पर्यटन आवागमन सामान्य हुने अवस्था नभएको कुल व्यापारको ४० प्रतिशत लागत हुने मानव संसाधान व्यवस्थापन कठिन भएको भन्दै उनीहरुले बन्द गर्ने निर्णय गरेका हुन्।

काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले तत्काल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्णय गरेका हुन्।

होटल संघ नेपालले बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने पनि प्रष्ट पारेको छ।

संघले बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने र बाँकी जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने संघले दाबी गरेको छ।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौ रुपैयाँबाट त्यस्तो रिटेन्सन फन्ड बनाउनुपर्ने संघले सरकारसँग माग गरिरहेको बताएको छ।

तलब एक प्रतिशतका दरले हुन आउने रकम लामो समयदेखि जम्मा गर्दै आएको र अहिले संकटको समयमा त्यहीबाट मजदुरलाई तलब दिनुपर्ने सञ्चालकहरूले माग गरेका छन्।

संघका वरिष्ठ उपाध्यक्ष बिनायक शाहले कर्मचारी तथा मजदुरलाई महिनैपिच्छे सेवा शुल्क दिने र तलब भने १२.५ प्रतिशतमात्र दिन सकिने अवस्था रहेको तर बन्द गर्ने भने प्रस्ताव गरिएको जानकारी दिए।

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्