Logo
७ बैशाख २०८१, शुक्रबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ बंगलादेशी नागरिक बोकेर बुद्ध एयरको जहाज ढाका उड्यो

अहिलेको पछिल्लो समयमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाइरहेको छ सो अवस्थामा बुद्ध एयरको जहाजले १६ बंगलादेशी नागरिकलाई लिएर बंगलादेशको ढाकातर्फ उडेको छ ।

काठमाडौंमा लकडाउन र व्यवसायिक हवाई उडानमा लागिको प्रतिवन्धपछि अड्किएका १६ बंगलादेशी नागरिकलाई फिर्ता लैजान बुद्धले चार्टर्ड उडान गरेको हो ।

लकडाउन शुरु भएयता बंगलादेशको ढाकामा बुद्ध एयरको यो तेस्रो उडान हो । यसअघि पहिलो उडानमा बंगलादेशी नागरिकलाई ढाका लगिएको थियो ।

सरकारी नियम अनुसार बंगलादेशी दूतावासले यो जहाज चार्टर्ड गरेको कम्पनीले जनाएको छ ।

दोस्रो उडानमा बंगलादेशमा अध्ययन गर्ने एक नेपाली युवतीलाई काठमाडौं ल्याउन रेस्क्यू उडान गरेको थियो । शुक्रबार तेस्रो उडान गरिएको हो ।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्