Logo
२३ जेठ २०७७, शुक्रबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन सम्बन्धले हुने फाइदाहरु : रोग प्रतिरोधात्मक प्रणाली बलियो, क्यान्सरको जोखिम कम

मानव जीवनमा यौन सम्बन्ध शारीरिक सुखका लागि मात्रै होइन । यौन सम्बन्धले शारीरिक सुखसँगै मानसिक रुपमा पनि व्यक्तिलाई सहज अवस्था प्रदान गर्छ। यसका विभिन्न स्वास्थ्य फाइदा पनि छन् ।

हप्तामा एक-दुई पटक यौन सम्बन्ध कायम गर्दा व्यक्तिको रोग प्रतिरोधात्मक प्रणाली बलियो बन्छ । यौन सम्बन्ध र मस्तिष्कको क्षमताबिच पनि सकारात्मक सम्बन्ध रहेको छ ।

आरामको निन्द्राका लागि यौन सम्पर्क विशेष लाभदायी हुन्छ । विशेष गरी पुरुषहरु यौन सम्पर्कपछि राम्रोसँग निदाउने गर्छन् । यौन सम्पर्कका बेला शरीरबाट केही यस्ता हर्मोनहरु बाहिरिन्छन्, जसले शरीरमा रहेका दुखाईहरु कम गर्न सहयोग गर्छ ।

प्रोस्टेटको सुरक्षाका लागि पनि यौन सम्बन्ध फाइदाजनक हुन्छ । बारम्बार बिर्य स्खलन हुँदा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।

यौन सम्बन्धमा तनावहरुबाट मुक्त गराउन सक्ने क्षमता हुन्छ । यसलाई तनाव मुक्त हुने प्राकृतिक उपायका रुपमा लिने गरिएको छ ।विभिन्न रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बिस्तारमा पनि यौन सम्बन्धको सकारात्मक भूमिका रहन्छ ।

यौन सम्बन्धले व्यक्तिको वैचारिक सीप वा क्षमतामा राम्रो प्रभाव पर्ने गर्छ । विशेष गरी पाको उमेरका व्यक्तिमा यस प्रकारको लाभ देखिन्छ ।

मुटु सम्बन्धी रोगको जोखिम कम गर्न यौन सम्बन्ध प्रभावकारी हुने अध्ययनहरुले देखाएका छन् । हप्तामा दुई वा त्यो भन्दा बढी पटक यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग वा समस्याको जोखिम कम हुन्छ ।

कतिबेला आवश्यक हुन्छ सेक्स डिटाक्स ?

सक्रिय यौन जीवन शारीरिक तथा मानसिक दुबै स्वस्थ्यका लागि अपरिहार्य मानिन्छ । जब दम्पतीबीच सक्रिय यौन सम्बन्ध स्थापित हुन्छ, उनीहरु शारीरिक रुपले तन्दुरुस्त हुन्छन् ।

मानसिक रुपले सन्तुष्ट र फ्रेस हुन्छन् । त्यसैले त भन्ने गरिन्छ, दम्पतीले हप्तामा दुई चोटीसम्म शारीरिक सम्बन्ध बनाउनु उपयुक्त हुन्छ ।

विभिन्न कारणले हामीमा यौन सिथिलता आउने गर्छ । चाहेर पनि हामी यौनमा सक्रिय हुन सक्दैनौ । यसो हुनुमा एक मात्र कारण हुँदैन । कतिपय अवस्थामा शारीरिक समस्याले पनि हामी यौनमा उदासिन हुन पुग्छौं ।

कतिपय अवस्थामा मानसिक समस्याले पनि । किनभने यौनमा शरीर मात्रको उपस्थितीले पुग्दैन । मानसिक इच्छाले मात्र पनि काम गर्दैन ।

सक्रिय यौनका लागि शारीरिक र मानसिक दुबै रुपमा उत्तिकै तयार हुनुपर्छ । जब दम्पतीले यौनमा सुखभोग गर्न सक्दैनन्, उनीहरु मानसिक रुपले रोगी बन्दै जान्छन् । यसले उनीहरुको सुदूर भविष्यमा खतरा निम्त्याउन सक्छ ।

यौनको नविकरण

त्यसैले यौनको सन्दर्भमा पति र पत्नी दुबै उत्तिकै जागरुक हुन आवश्यक छ । यदि यौन जीवन सुखमय भएको छैन भने दम्पतीबीच यस विषयमा खुला छलफल हुन आवश्यक छ ।

के कारणले यौनमा सन्तुष्ट मिलिरहेको छैन ? कारण खोतल्नुपर्छ । जब समस्या फेला पर्छ, निदान खोज्न गाह्रो हुँदैन । कतिपय अवस्थामा शारीरिक कमजोरी, रोग आदिले यौनमा असर गर्छ ।

विभिन्न रोग छन्, जसको सोझो प्रभाव यौन जीवनमा पर्छ । त्यस्ता रोगहरुको पहिचान हुनुपर्छ । यद्यपी यौनमा मानसिक उपस्थिती उत्तिकै अपरिहार्य मानिन्छ ।

जब तनाव हुन्छ, धपेडी हुन्छ, आक्रोस वा कुनै पनि किसिमको मानसिक विकार हुन्छ, तब यौनमा सक्रियता जनाउन सकिदैन । त्यसैले यौन सुखका लागि मानसिक विकार त्याग्नैपर्छ ।

यौनमा विषहरण

विषहरण एक प्रक्रिया हो, जसको माध्यामबाट शरीरबाट विषाक्त पदार्थ बाहिर निकालिन्छ । त्यसपछि हामी उर्जावान, स्वस्थ्य र ताजगी अनुभव गर्न सक्छौं ।

ठीक यहि किसिमले रिलेसनसिपमा पनि कुनै बेला टक्सिन भरिन सक्छ । यसले दाम्पत्य सम्बन्धमा अविश्वास, दिक्दारी आदि पैदा गर्छ । यसको नतिजा यौन जीवनमा असन्तुलन आउन सक्छ । यौन जीवनबाट यस्ता टक्सिन हटाउनैपर्छ ।

कतिबेला आवश्यक हुन्छ सेक्स डिटाक्स ?

– जब दम्पतीबीच प्रेममा चिसोपन आउँछ । एकअर्कामा पहिले जस्ता आकर्षण महसुष गर्दैनन् ।

– पति/पत्नीमा आफ्ना बच्चा, करियर, काम, घर-धन्दाको कुराले मात्र स्थान पाउन थाल्छ । अन्तरंग कुराकानी हुन पाउँदैन ।

– आफ्ना पार्टनरसँग भएर पनि अलग्गै जीवन व्यतित गरिन्छ । दुबैले एकअर्कालाई समय दिन सक्दैनन् । एकसाथ दुबै बस्ने वा समय विताउने इच्छा हुँदैन ।

– एउटै ओछ्यानमा भएर पनि दुबैले आफुलाई एक्लो महसुष गरिन्छ ।

 

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार १०:०१

प्रतिक्रिया दिनुहोस्