Logo
२४ जेठ २०७७, शनिबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् विज्ञको सुझाव : लकडाउनको समयमा कसरी बढाउने शारीरिक सक्रियता ?

विश्व ब्यापी कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । धेरै सुत्ने तथा मोबाइल चलाउने बानीले कम्मर, हात तथा स्पाइनलको समस्या आउने विज्ञहरुको भनाई छ ।

लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू स्वास्थ्य समस्या आउन सक्ने भएकाले शरीरलाई चलायमान गर्नुपर्ने हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेको सुझाव छ । उनले भने, ‘बाहिर जान सम्भव नभए पनि केही समय निकालेर शारीरिक कसरत गर्नुपर्छ  ।’

‘टेलिभिजन हेर्ने, मोबाइल चलाउने, खाने, सुत्ने क्रम अवश्य पनि बन्दाबन्दीको समयमा बढी हुन्छ’ डा. द्वारे थप्छन्, ‘एक घण्टा भए पनि शारीरिक कसरतले विभिन्न हाडजोर्नी तथा नसासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ भने मधुमेह र उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पुग्छ ।’

चिकित्सकका अनुसार टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहँदा पनि हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घरवरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्यमा फाइदा पुग्छ ।

Mandatory Credit: Photo by Oleksiy Maksymenko/imageBROKER/REX/Shutterstock (9388947a)
MODEL RELEASED Woman lying on a sofa holding an iPhone in her hands, watching a movie on the phone screen
VARIOUS

डा. द्वारे भन्छन्, ‘हरेक दिन शरीरलाई सक्रिय बनाउन एउटा तालिका बनाई घरमै व्यायामहरू गर्न सकिन्छ ।’ दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर त्यसलाई पालना गर्नुपर्ने कराँते खेलाडी अशोक श्रेष्ठको भनाइ छ ।

उनका अनुसार बन्दाबन्दीको समय सदुपयोग गरी आफ्नो शरीर स्वस्थ बनाउन सकिुका साथै शरीरलाई जति चलायमान गर्‍यो त्यति नै राम्रो हुन्छ । उनले योग गर्नुका साथै मेडिटेसन, सूर्य नमस्कार गर्नसमेत सुझाव दिए ।

अहिले कोरोना प्रकोपका कारण श्वासप्रश्वास प्रणालीमा पनि ध्यान दिनुपर्ने भएकाले योग र कसरतले श्वासप्रश्वासलाई प्रभावकारी बनाउन सहयोग गर्ने श्रेष्ठको भनाइ छ ।

उनी उफ्रने, प्राणायाम, अनुलोम विलोमलगायतले शरीरलाई फाइदा पुग्ने बताउँछन् । अक्सफोर्ड जिम सेन्टरमा फिटनेस प्रशिक्षक नुमु श्रेष्ठ भन्छिन्, ‘बन्दाबन्दीमा पनि घरमै बसेर शारीरिक व्यायाम गर्न थालिएको छ, यो शरीरका लागि फाइदाजनक काम हो ।’

जानकारहरूका अनुसार दौडिने, डोरी खेल्ने, घरको छत तथा साना ठाउँमा उफ्रने, तौल उठाउने, घिसार्ने, उठबस आदिले पनि कसरत पुग्ने छ । करेसाबारीमा काम तथा घरको सरसफाइले पनि शरीरलाई फाइदा पुग्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार ०९:४३

प्रतिक्रिया दिनुहोस्