Logo
६ बैशाख २०८१, बिहीबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक मार्फत प्रचण्डलाई गालीगलौज गरेका रेडियो नेपालका बोर्ड सदस्य पत्रकार पाठक पक्राउ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल फेसबुकमार्फत् गालीगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पत्रकार दीपक पाठक पक्राउ परेका छन्।

बिहीबार बिहान उनलाई जडिबुटीबाट पक्राउ गरिएको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

साइबर क्राइम ‘विद्युतीय ऐनअन्तर्गत हामीले आज बिहान उनलाई जडिबुटीबाट पक्राउ गरेका छौं,’ अर्यालले भने।

उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष दाहाललाई फेसबुकमा गालीगलौज गरेका थिए। ‘उनीविरूद्ध निवेदन परेको थियो त्यसैले अदालतबाट अनुमति लिएर पक्राउ गरेका हौं,’ उनले भने।

थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्