Logo
७ बैशाख २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरक धारका बलिवुड अभिनेता मानिने इरफान खानको निधन [भिडियो सहित]

फरक धारका अभिनेता मानिने बलिवुडका इरफान खानको निधन भएको छ । एबिपि न्यूजका अनुसार आज बिहान स्वास्थ्य अवस्था निकै बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो।

उनको मंगलबार मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । उनलाई बिसञ्‍चो भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

उनलाई के समस्या थियो भन्‍ने स्पष्ट हुन सकेको छैन । ५३ वर्षको उमेरमा निधन भएका इरफानका परिवारले समेत उनको मृत्यु कारण स्पष्ट पारेको छैन । सलाम बम्बे, हासिल, मेकूललगायतका चलचित्रहरु निकै चलेका थिए ।

इरफान खानका प्रवक्ताले भनेका छन्, “उनलाई कोलन इन्फेक्सन भएको थियो । हामी उहाँको बारेमा जानकारी दिने नै छौं ।”


उनले करिब ३० वर्षमा ५० भन्दा बढी हिन्दी, ब्रिटिश र हलिउड चलचित्रमा अभिनय गरेका थिए । ‘लाइफ अफ पाइ’ र ‘स्लमडग मिलिनियर’ अन्तर्राष्ट्रियस्तरमै चर्चा कमाएका इरफानका चलचित्र हुन् ।

५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित थिए। उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए ।

दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए । केहि बेर अघि अस्पताल स्रोतले इरफान खानको निधन भएको पुष्टि गरेको हो ।

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो ।

भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ ।

उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’

बिमारीको बारेमा थाहा पाएपछि इरफान उपचारको लागि लण्डन गएका थिए । त्यहाँ झण्डै एक वर्ष रहे र २०१९ मार्चमा भारत फर्किएका थिए ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्