Logo
७ बैशाख २०८१, शुक्रबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेडियो नेपालको प्रमुख निलम्बित : मन्त्री र सचिबद्वारा छुट्टाछुट्टै स्पष्टीकरण माग

पूर्वप्रधानमन्त्री तथा जसपाका नेता बाबुराम भट्टराईसँग अन्तर्वार्ता लिइएको बिषयलाई लिएर रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई विभागीय मन्त्रालयबाट स्पष्टीकरण माग गरिएको छ ।

पत्र काटिएसँगै उनी निलम्बनमा परेका छन् । रडियो नेपालबाट प्रशारित सो अन्तरवार्ता अहिले अनलाइनबाट हटाइएको छ । कार्कीलाई हटाउनकै लागि मात्र प्रक्रिया पूरा गरिएको श्रोतको दावी छ ।

मन्त्री युवराज खतिवडाको निर्णयबाट एउटा पत्र काटिएको छ भने सचिव दीपक सुवेदीको तर्फबाट अर्को पत्र काटिएको छ । मन्त्री खतिवडाको मन्त्रीस्तरीय निर्णयबाट निर्देशक कार्कीका नाममा पत्र काटेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्ने भनिएको छ ।

मन्त्रालयका सहसचिव राधिका अर्यालद्वारा हस्ताक्षरित सो पत्रमा लेखिएको छ-रेडियो नेपालबाट बिहान साढे ६ बजे प्रशारित अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री श्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पङ्गु, निरङ्कुश शासक र भष्मासुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यससम्बन्धमा के-कस्तो भएको हो ? तीन दिन भित्रमा स्पष्टीकरण पेस गर्नुहुन माननीय मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध छ ।’

यता मन्त्रालयका सचिव दिपक सुवेदीले कार्यकारी निर्देशक कार्कीको कार्यसम्पादन सन्तोषजनक नदेखिएको भन्दै सात दिनभित्र स्पष्टीकरण पेश गर्न अर्को पत्र काटेका छन् ।

सचिव सुवेदीद्वारा काटिएको पत्रमा कार्यकारी निर्देशक कार्कीको कार्यशैली हरेक दृष्ट्रिले संस्थाको हितमा नदेखिएको औँल्याउँदै सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्