Logo
२३ जेठ २०७७, शुक्रबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान

नेपाल प्रज्ञा-प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ ।

इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए ।

उनले गत वर्षदेखि वाचनसहितको मूल्याङ्कन गरिएकाले महोत्सव हुने समयसम्म कोरोनाको जोखिम कायम रहेमा कार्यक्रम पर सानुपर्ने हुन सक्ने जनाएको छ ।

महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले जानकारी दिएका छन् ।

महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु २५ हजार र तृतीय हुने ३ जनालाई जनही काँस्यपदक सहित नगद रु २० हजारका दरले सम्मान पत्रसहित पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार १७:२२

प्रतिक्रिया दिनुहोस्