Logo
१३ बैशाख २०८१, बिहीबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट पाकिस्तानी पूर्व क्रिकेटर जफर सरफराजको निधन

पाकिस्तानका पूर्व क्रिकेटर जफर सरफराजको कोरोनाका कारण मृत्यु भएको छ ।

जफर पाकिस्तानका पहिलो श्रेणीका पूर्व क्रिकेटर हुन् ।  गएको अप्रिल ७ तारिखमा उनमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको थियो ।

उनलाई पेशावरको एक अस्पतालमा तीन दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर सोमबार निधन भएको जनाइएको छ ।

सरफराजले सन् १९८८ देखि १९९४ सम्म १५ प्रथम श्रेणी तथा १९९० देखि १९९२ सम्म ६ वटा लिस्ट ए गेम खेलेका थिए । उनी लेफ्ट आर्म स्पिन बलर पनि हुन् । उनी पेशावरको यु-१९ तथा सिनियर टिमका प्रशिक्षक पनि भएका थिए ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्