Logo
१३ बैशाख २०८१, बिहीबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश सरकारद्वारा कोरोना सुरक्षा परिचालनका लागि बजेट निकासा गर्दै

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि १ करोड ४५ लाख बजेट निकासा गर्ने भएको छ ।

प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन, मसलन्द र गाडी मर्मतका लागि ११ वटै जिल्ला प्रशासनलाई बजेट निकासाको निर्णय गरेको सो सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताएका छन् ।

बैठकले गण्डकीका मनाङ र मुस्ताङलाई ५ लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

पोखरामा २०० मुस्ताङ्गे अलपत्र

चिसो छल्न र व्यापार गर्न हिउँदमा पोखरा, काठमाडौँ र तराई झरेका २०० मुस्ताङ्गेहरु हाल पोखरामा अलपत्र परेका छन् । उपल्लो मुस्ताङका स्थानीवासी छ महिना घरमै बस्छन् । बाँकी छ महिना चिसो छल्न बेँसी झर्छन् ।

अलपत्र परेकामध्ये उपल्लो मुस्ताङ लोमानथाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको स्थानीयवासी रहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनीहरु कोही आफ्नै घरमा त कोही आफन्तको घरमा रहेको अर्यालले बताए ।

गाउँमा खेती रोप्ने समय आइसकेको हुनाले पोखरामा अलपत्र रूपमा बस्दा यस वर्षको बाली बाँझो रहने चिन्ता गर्दछन् थासाङ गाउँपालिका–२ नाउरीकोटका ७२ वर्षकी भीमकुमारी गौचन ।

उनका अनुसार यो बेला बीउ छर्न बेला हो, बाली लगाउन नपाए वर्षभरि खेत बाँझो रहने बताए । मुस्ताङको धेरै भेगमा वर्षमा एक बाली र केही क्षेत्रमा दुई बाली मात्र हुने गर्छन् ।

नेपालमा कोरोना भाइरसको उच्च जोखिम देखाउँदै सरकारले पटक–पटक लकडाउन बढाउनाले उनीहरु बेलैमा गाउँ फर्काउन नसकेको मुस्ताङका सङ्घीय सांसद् प्रेमप्रसाद तुलाचनले जनाकारी दिए  ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्